आफ्नो लगानी रहेका २ चलचित्र ब्यवसायीक रुपमा असफल भए पछि निर्माता तथा वितरक हरि बराल अहिले सडकमा पुगेका छन् । धेरै आशा राखेको भगवानबाट निराश बनेका बरालको सपना पनि सपनामै सिमित भएपछि अन्नत: उनि सडकमा आई पुगेका हुन् । बरालले यो समयमा भेट हुने सबैलाई सडकको विषयमा केही न केही बताई रहेका हुन्छन् ।
प्रसङग हो निर्माता हरि बरालले निर्माण गरेको पछिल्लो चलचित्र 'सडक' को । आफ्ना दुई चलचित्र भगबान सबैको र सपनाले सोचे जति ब्यापार गर्न नसकेपछि अहिले उनि आफ्नो महत्वकाङक्षी चलचित्र सडक हो भन्दै त्यसको खुलेर प्रचार प्रसारमा लागेका छन् । एक वर्ष अघि निर्माण सम्पन्न भएको चलचित्र सडकको प्रदर्शन मिति नजिकिदै गर्दा हरि बरालको ब्यस्तता पनि निकै बढेको छ ।
आफ्नो चलचित्रको व्यापारको विषयमा स्पस्ट बोल्ने बरालले अघिल्ला चलचित्र भगबान र सपनाबाट घाटा ब्यहोर्नु परे पनि चलचित्र 'सडक' लाई दर्शकले मन पराउने र आफुलाई राम्रो फाईदा हुने दाबी गर्छन् । उनि भन्छन्, 'माया प्रेममा चलचित्रहरु मात्रै बनेको अनि पनि त्यस्ता चलचित्र हेर्दा हेर्दा दिक्क भएका दर्शकका लागी मेरो चलचित्र फरक हुनेछ ।' अहिले लभ स्टोरी ट्रेण्डका चलचित्रहरु बन्ने गरेको र प्राय डुबी रहेको अवस्थामा एक्सन प्रधान चलचित्र 'सडक' बाट दर्शकले फरक स्वाद पाउने र ट्रेण्ड पनि परिवर्तन गरिदिने उनको विश्वास छ ।
लगानीमा आफुले क्रुनै काजुस्याई नगरेको र निर्देशक लगाएत चलचित्रका सम्पुर्ण प्राविधिक तथा कलाकारहरुले धेरै मेहनत गरेकाले सडक सफल हुने आशा राख्दै बराल भन्छन्, 'नेपाली समाज अनुसारको कथा र उत्कृष्ट मेकिङका कारण मेरो चलचित्र बलियो छ । आफ्नै भए पनि भगवान र सपना भन्दा सडक सबै कुराले माथि छ ।'
प्रदिप श्रेष्ठको निर्देशन तथा मौनता श्रेष्ठको पटकथा संबाद रहेको सडक पुष २९ गतेबाट देश भर प्रदर्शनमा आउँदैछ । निर्मातामा पवन प्रजापति र पदम माकाजु रहेका छन् । चलचित्रमा संगीत चेतन सापकोटा, छायाँङकन रामशरण उप्रेती, नृत्य कविराज गहतराज र द्धन्द हिमाल केसीको रहेको छ । आयुस रिजाल, रेखा थापा, सुमीना घिमिरे, अयुव केसी लगाएतका कलाकारको अभिनय रहेको चलचित्र सडक अभिनयका हिसाबले नायक आयुस रिजाल र नायिका सुमीना घिमिरेको दोस्रो चलचित्र हो ।