मंसिरको अन्तिम साता देखि प्रदर्शनमा आउने भनिएको चलचित्र 'को हुँ म' को आज काठमाण्डूमा च्यारिटी शो गरिएको छ ।
असाहाय बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय नाचघरमा आयोजित च्यारिटी शोमा विभिन्न बैर्ङकर्स, विद्यार्थी तथा सरकारी जागिरेहरूको उपस्थिति रहेको थियो । च्यारिटीबाट उठेको रकमले ३० जना असाहय बालबालिकालाई जाडोमा लगाउने ट्रयाक सुट, विभिन्न खेलकुद सामग्री वितरण गरिएको थियो ।
अभिनेत्री सुभेच्छा थापाले निर्माण गरको उक्त चलचित्रलाई विश्वदीप घिमिरेले डेब्यू फिल्मको रूपमा निर्देशन गरेका हुन । जसमा सुभेच्छाको साथमा बिमलेश अधिकारी पनि मुख्य भूमिकामा छन् । सुभेच्छासंगको मनमुटावले गर्दा विम्लेष च्यारिटीमा उपस्थित भएका थिएनन् । उनीहरूको सम्बन्ध छायाकंन सकिए लगत्तै विग्रिएको बुझिएको छ । जसकारण उक्त फिल्ममा विम्लेषले डविग पनि नगरेको बताईएको छ ।
बिमलेशले को हुँ म सहित तीन फिल्म खेलिसकेका छन् । को हुँ म उनको पहिलो फिल्म हो त्यसपछी शंकर घिमिरेको दुई चलचित्र तुलसी र ब्रेक फेलमा उनले अभिनय गरेका थिए । ब्रेक फेल रिलिज भैसकेको छ भने तुलसी रिलिज हुन बाकी छ । सामाजिक ब्यावसायिक शैलीको उक्त फिल्मको गत असोज १२ गते धनुषाको गोदारमा पनि च्यारिटी शो गरिएको थियो ।
यस्तै सो चलचित्रको काठमाण्डू जेसिसका सदस्यहरूले हेरेपछी रिलिज अगावै देशभर च्यारिटी शो गर्न प्रस्ताव गरेको शुभेच्छाले जानकारी दिईन ।