छायाकंन भएको दिन देखि आज सम्म गन्ने हो भने चलचित्र मेरो बेष्टफ्रेण्ड सुरू भएको ३९ दिन भैसक्यो तर दशै तिहार र प्राविधिक कारणबस सुटिङ नभएको दिनलाई हटाएर गन्दा मेरो बेष्ट बेष्टफ्रेण्ड बीस दिनमा प्याकअप भएको छ ।
प्रशन्न पौडेलको निर्देशनमा निर्माण भएको उक्त चलचित्र दशैको घटस्थापना देखि सुरू भएको थियो । हिरोईन इन आउटको खेलमा आफै परेर वाक्क भएका प्रशन्नले उक्त चलचित्रको छायाकंन हिरोईन विनानै पचास प्रतिशत सेकेका थिए । सुरूमा झरना बज्राचार्य र पछी सिक्किमकी श्रेया शर्मालाई उनले हिरोईन लिने भनिए पनि दुई हिरोईनबाट धोका पाएपछी प्रशन्नले अमेरिकामा रहेकी प्रियंका कार्कीलाई नेपाल झिकाई बाकी छायाकंन पूरा गरेका हुन् । चलचित्रमा दिवस उप्रेती र रेश मरहठ्ठाले प्रियंकासंग रोमान्स गरेका छन् ।
आफ्नो क्याम्पका क्यामेरा पर्सन विदुर पाण्डेको सहयोगमा फिल्म खिचेका प्रशन्नले दुई गीत खिच्न बाकी राख्दै फिल्म प्याकअप गरेका हुन् । चलचित्रको बाकी दुई गीतलाई उपयूक्त लोकेशन हन्ट गरी पूरा गर्ने प्रशन्नले जानकारी दिए । यस्तै फिल्म सकिएको जानकारी दिन इन्डक्ल्याप पार्टी केही दिनमा राख्ने सोच बनाएका प्रशन्नले भने, 'त्यस दिन फिल्मको एउटा गीत र त्यससंग सम्बन्धीत एउटा रोचक कुरा पनि सार्बजनिक गर्नेछु ।'