नेपालका चर्चित सिने सेलिब्रेटी अमेरिकामा के गर्छन् भन्ने कौतुहल्ता सवैलाई हुन सक्छ । नेपालका स्टार त्यहाँ पुगेपछी आम नेपाली सरह साधारण पेसामै अमेरिकी लाईफ विताईरहेका छन् । जसको पछिल्लो उदाहरणमा अभिनेत्री गौरी मल्ललाई लिन सकिन्छ ।
दर्जनौ सुपरहिट चलचित्र दिएकी गौरी एक बर्षयता अमेरिकामा छिन् । नेपालका रहेका सिनेसेलिब्रेटी विदेशमा पुगेपछी साधारण पेशा अपनाएर बसेका थुप्रै उदाहरण छन् । जस मध्येकी गौरी अरु भन्दा भिन्न भएर अमेरिकी लाईफ विताईरहेको खबर प्राप्त भएको छ । उनी ज्याक्सन हाईट भन्ने स्थानमा एक्लै फल्याटमा बस्छिन् र एक चर्चित रेष्टुरामा गीत पनि गाउछिन् । राम्रो स्वरकी धनी गौरी बेलाबेलामा डान्स पनि गर्ने गरेको बताईएको छ । जसको नृत्य र स्वरले त्यस रेष्टूराको आकर्षक मध्येकी एक गौरी भएको बुझिएको छ ।
'उनले नेपालमा एउटा सिनेमामा अभिनय गरे भन्दा राम्रो पारिश्रमिक त्यस रेष्टुराबाट पाउने गरेकी पनि छिन्', उनी निकट एक श्रोतले भन्यो । गौरीले त्यसका अलवा फेसन सम्बन्धी विभिन्न कार्यक्रममा पनि सहभागीता जनाउने गरेको बुझिएको छ । जस अनुरुप एक महिना अघि अमेरिकामा भएको मिस नेपाल अमेरिकाको संयोजकको रुपमा उनले सो कार्यक्रम समापन गरेकी थिईन् । गौरीले पछिल्लो समय एक दिन एक रातमा अभिनय गरेकी थिईन् । भने उनले अभिनय गरेको अर्को चलचित्र 'काठमाण्डू' प्रदर्शनको क्रममा छ ।