नायक राजेश हमालले बिबाह नगरेको भन्ने कुरा सबैलाई थाहा छ । कसैले आशंका पनि गर्न सक्दैन कि उनले बिबाह गरेका छन् भनेर । तर फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार एक महिलाले भर्खरै मात्र राजधानीको हनुमाढोकामा हमालले आफूसँग बिबाह गरेको भन्दै र आफूहरूको तीन सन्तान समेत रहेको अवस्थामा राजेशले वास्ता नगरेको भन्दै उजुरी दर्ता गराएको हनुमानढोका स्रोतले बताएको छ ।
प्रहरीले यस बिषयमा छानबिन गरिरहेको छ । यस बिषयमा थप विवरण केहि समयमा अपडेट गर्ने छौ । फिल्मीखबर हेर्दैगर्नु होला ।