मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डलाई एक करोड दिन अर्थमन्त्री सहमत

फिल्मीखबर, काठमाण्डौ, 2011/11/06

चलचित्रकर्मी सम्मान तथा पुरस्कारको अक्षय कोषका लागि चलचित्र विकास बोर्डले सरकार समक्ष  राखेको एक करोड रूपैयाको प्रस्ताव प्रति अर्थमन्त्री बर्षमान पुनः (अनन्त ) सकारात्मक भएका छन् । 

 
बोर्ड अध्यक्ष  गणेश भण्डारीको नेतृत्वमा आज अर्थ मन्त्रालयमा भएको दुई पक्ष   छलफलमा मन्त्री पुनले जतिसक्दो चाडो उक्त रकम उपब्लध गराउने बाचा ब्यक्त गरेको अध्यक्ष  भण्डारीले जानकारी दिए । तर एक करोड रक चलचित्रकर्मी कल्याण कोषका लागि नभएको उनले बताए । कल्याण कोषबाट अशक्त चलचित्रकर्मीहरूलाई मासिक रूपमा बोर्डले रकम उपब्लध गराउदै आएको छ ।  
 
 
मन्त्रीसमक्ष सो प्रस्तावका लागि अभिनेत्री बसुन्धरा भुसाल, राजेन्द्र खड्गी, संगीतकार चेतन सापकोटा, नायिका नीता ढुङ्गाना, केशव भट्टर्राई लगायतका एक दर्जन चलचित्रकर्मी मन्त्रालय पुगेका थिए ।  
 
यस्तै अध्यक्ष  भण्डारीका अनुसार चलचित्रकर्मी स्वास्थ्य विमाका लागि बोर्डले गरेको प्रस्तावमाथि पनि मन्त्री सकारात्मक भएको जानकारी दिए । सम्भवत: आउदो बुधबारको क्याविनेट मिटिङमा मन्त्री पुनले कोषका लागि एक करोड पास गराउने बुझिएको छ  । सरकारबाट एक करोड उपब्लध भएमा प्रत्येक बर्ष त्यस रकमबाट प्राप्त हुने व्याज मार्फत  विभिन्न चलचित्रकर्मीलाई पुरस्कार एवं सम्मान गर्ने बोर्डको योजना छ ।