मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परिबन्दमा बाबुराम

फिल्मीखबर, काठमाण्डौ, 2011/11/07

'कामलाई सानो ठूलो मान्नु हुँदैन । आफूले जानेको काम जे जस्तो भए पनि गर्नु पर्छ', आफूले निर्देशन गर्न लागेको टेलिचलचित्र 'परिबन्ध' को मुहुर्त समारोहमा बोल्दै निर्देशक बाबुराम ढकालले भने, 'म सानो होस् या ठूलो पर्दा सबैमा समय मिलाएर काम गर्ने छु ।'

 

'नलेखिएको साईनो' नामक टेलिचलचित्रको निर्देशनबाट आफ्नो करियर शुरू गरेका निर्देशक ढकालले त्यसपछि 'खुशी पलभरको' र 'माईती' निर्देशन गरे र ठूलो पर्दाको चलचित्रमा हात हाले । चलचित्र 'पर्खि राख है' निर्देशन गरि ठूलो पर्दाको निर्देशकको परिचय बनाएका बाबुरामले त्यसपछि 'दुलही' निर्देशन गरे । प्रदर्शनका हिसाबले 'दुलही' पहिलो भए पनि निर्देशनका हिसाबले 'पर्खि राख है' उनको पहिलो चलचित्र हो । जुन चलचित्र यहि मंसिर १६ गते सार्वजनिक हुँदैछ ।

 

चलचित्र 'पर्खि राख है' को प्रोमोशनमा व्यस्त भईरहेका बेला बाबुरामले सोमबारबाट शुटिङ शुरू गर्ने गरि आइतवार टेलिचलचित्र 'परिबन्ध' को मुहुर्त गरे । पाका निर्देशक लक्ष्मिनाथ शर्माको प्रमुख आतिथ्यमा मुहुर्त गरिएको सो टेलिचलचित्रमा मुकुन्द किशोर भट्टराई, लक्ष्मी गिरी, शिरु बिष्ट श्याम घिमिरे, दिक्षा पाठक, पवन रोका, रमेश पोखरेल लगाएतका कलाकारहरुले अभिनय गर्दैछन् ।

 

जया ओझाको लेखन रहेको 'परिबन्ध'लाई विकेएस ठकुरीले निर्माण गर्न लागेका हुन् भने सुमन तण्डुकारले क्यामरा चलाउँदै छन् ।  पारिवारिक कथामा आधारित सो टेलिचलचित्र बैशाखमा नेपाल टेलिभिजनबाट सार्वजनिक गरिने भएको छ ।