मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'पर्खि राख है' ले दर्शक संख्या बढाउने !

अर्पण ढकाल, धरान, 2011/11/07

पछिल्लो समय नेपाली चलचित्रमा पूर्वेली कलाकारको प्रवेश हुने क्रम बढ्न थालेको छ । नायक नायिका अथवा अन्य रुपमा चलचित्र नगरीमा पूर्वेली कलाकारको उपस्थिति बाक्लिदो रहेको छ । यसै क्रममा एक अर्का पूर्वेली प्रतिभा चलचित्रमा डेब्यु गर्दैछन् । झापा केर्खा घर भएका दिल श्रेष्ठ चलचित्र 'पर्खी राख है' मार्फत नायकको रुपमा आफ्नो फिल्मी करिएर सुरुवात गर्ने क्रममा छन् ।

 

आफ्नै ब्यानर दिया फिल्म्सबाट दिलले चलचित्र 'पर्खी राख है' निर्माण गरेका हुन् । त्यसैले नायक अनि निर्माता दुवै रुपमा रजतपटमा उनको प्रवेश हुन लागेको हो । यहि मङसिर महिनाको १६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने क्रममा रहेको चलचित्रको प्रचारप्रसारमा दिल ब्यस्त हुन थालेका छन् । सम्पूर्ण कोणबाट उत्कृष्ट चलचित्र निर्माण गरेको दाबी गर्दै उनले ओरालो लाग्दै गरेको चलचित्र उधोगलाई माथि उकास्ने बताए । नेपाली चलचित्र नियमित हेर्ने दर्शकको संख्या दिनहुँ घटिरहेको बेला 'पर्खीराख है' ले चलचित्र हेर्ने दर्शकको प्रतिशत बढाउने दाबी समेत गरे ।


कथा लेखनमै झण्डै ६ महिना समय बिताएको बताउदै चलचित्रको सुटिङ देखि लिएर अहिले प्रोमोसनमा कुनै कम्प्रमाईज नगरेको उनले बताए । चलचित्र राम्रो बनेको अवस्थामा पनि केहि कारणले गर्दा असफल भयो भने पनि निरन्तर रुपमा आफु यसै क्षेत्रमा मेहनतको साथ लाग्ने प्रतिबद्दता उनले जनाए । चलचित्रको प्रदर्शनको लागि झण्डै २ बर्ष कुरेका दिल आफुलाई १६ गतेको पर्खाई रहेको बताए । चलचित्रको प्रोमो र गीतसंगीतले दर्शक श्रोताको मन जितिरहेकोमा उनि खुसि छन् ।


दिलका अलावा यस चलचित्रमा मुकेश ढकाल, मेलिना मानन्धर र साचिता लुईटेलको मुख्य अभिनय रहेको छ । बाबुराम ढकालको निर्देशन तथा निर्देशक स्वयं र अच्युत अधिकारीको संयुक्त लेखन रहेको सो चलचित्रमा सुरेश अधिकारिको संगीत तथा राजेश पायल राई, अञ्जु पन्त, उदित नारायण झा, संजिवनी, मंजिरा र जावेद अलिको स्वर रहेको छ । हिमाल केसीको एक्सन, कबिराज गहतराज, बसन्त श्रेष्ठ र शिव शर्माको कोरियोग्राफी, दिपक बज्राचार्यको सिनेमाटोग्राफी रहेको सो चलचित्रको सम्पादन बनिश शाहले गरेका हुन् ।