चलचित्रको ब्यापार भनेको खेल जस्तै हो कहिले जितिन्छ त कहिले हारिन्छ । जस अनुरुप विगतका प्रोजेक्टबाट सफलता हात पारेको रोज राणाले भखैरै रिलिज भएको चलचित्र 'म छु नि तिम्रो' बाट सोचे अनुरुप सफलता पाएनन् ।
प्रदर्शन भईरहेको चलचित्रबाट राम्रो सफलता हात नपारे पनि रोज हरेस खाएनन् । र उनले फिल्मको बिजेनेसलाई खेल सम्झदै आउदो मंसिरको पहिलो सातादेखि नयाँ चलचित्र निर्माण गर्न कम्मर कसेका छन् ।
ऋषि न्यौपानेले निर्देशन गर्ने सो चलचित्रमा महानायक राजेश हमाल, सुमन सिंह, जीवन लुईटेल, रोज राणा र मुकेश आचार्यले ग्याङ्गस्टार भएर रियल डनहरुको कथालाई पर्दामा प्रस्तुत गर्नेछन् । रोजको प्रोजेक्टमा निर्देशक न्यौपाने चौथो पटक दोहोरिन लागेका हुन् । चलचित्रमा एनबी महर्जनले द्धन्द निर्देशन गर्ने जिम्मा पाएका छन् ।
यस्तै रोजको प्रोजेक्टमा नछुट्ने संगीतकार चेतन सापकोटा संगीत निर्देशकका रुपमा अनुबन्धीत भएका छन् । तर चलचित्रका लागि चाहिने दुई स्मार्ट हिरोईन नपाएका कारण कसलाई लिने भन्ने चिन्तामा निर्देशक न्यौपाने परेका छन् । ग्याङस्टारका लागि रोजले गायिका आस्था बिसँग एप्रोच गर्ने योजना पनि बनाएको बताए । जसका लागि आस्थाको सम्पर्क सुत्र खोज्न उनी ब्यस्त पनि छन् ।