आउदो शुक्रबारदेखि देशब्यापी रिलिज हुन लागेको चलचित्र 'फर्कि आऊ' मा हिन्सात्मक दृश्यहरू ज्यादा भएको भन्दै सेन्सर बोर्डले उक्त चलचित्र बालबालिकाहरूलाई हेर्न नमिल्ने गरी सेन्सर र्सर्टिफिकेट थमाएको छ ।
सोमबार बिहान सेन्सरबोर्डमा चलचित्र जाचपासका लागि पुगेका निर्देशक ओम प्रतिकलाई बोर्डले अभिावकको उपस्थिति बिना चलचित्र हेर्न नमिल्ने गरी पि.जी. (प्यारेन्टल गाईडेन्स) र्सर्टिफिकेट थमाएको हो । यस्तै बोर्डले एक दृश्यमा बालकले खुकुरी समाएको हाईस्पिड सर्टलाई समेत कैची लगाएको निर्माता बाबुराम दाहालले जानकारी दिए ।
पर्बत फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा विभिन्न राजनीतिक मुद्धा र विचारमा लागेका ब्यक्तिलाई देश विकासका लागि फर्कि आऊ, देश छोडोर गएको छोरालाई आमालाई फर्कि आऊ भनेको तथा छोडेर गएको प्रेमिलाई प्रेमिकाले फर्कि आऊ भन्ने प्रसंग समेटिएको बताईएको छ । जहा राजेश हमाल र निरूता सिहं प्रमुख भूमिकामा छन् । फर्कि आऊ कात्तिक २५ गते देखि राजधानीका एक दर्जन सिनेमा घर र राजधानी बाहिरका तीन दर्जन बढी सिनेमा घरमा लाग्दैछ ।
एक प्रसंग, पछिल्ला समय सेन्सर बोर्डले विभिन्न चलचित्र जाच गरिसकेपछी विभिन्न र्सर्टिफिकेट थमाए पनि प्रचार गरिएका पोष्टरहरूमा फिल्मले यो र्सर्टिफिकेट पायो भनेर उद्रित गरिएको पाईएको छैन । जसका लागि सेन्सर बोर्ड र सम्बन्धीत निर्माताहरूको ध्यान नगएको जस्तो देखिन्छ । तर आम पब्लिकले कुन सिने कस्तो दर्शकले हेर्ने हो भन्ने बारेमा पोष्टर, होर्डिङ बोर्ड र प्रोमोहरूबाट बुझ्न पाईरहेका हुदैन । त्यसैले सेन्सर र्सर्टिफिकेट हातमा थमाउनु भन्दा पनि त्यसको प्रयोग कहाँ र कसरी गर्ने भन्ने कुरालाई स्वयम निर्माताहरू र सेन्सर बोर्डले कर्डाईका साथ लागु गर्नु पर्ने जरूरी देखिन्छ ।