नयाँ नयाँ गर्लफ्रेन्डको चक्करमा परिरहने भुवन केसी आजकाल छोरी कजोलको विवाहका लागि ब्यस्त भएका छन् । मंसिर ५ गते तय भएको छोरीको विवाह उतार्न उनी अहिले निकै ब्यस्त छन् ।
भारतीय नागरिक पुनित रायलाई आफ्नो ज्वाई बनाउन लागेका केसीले विवाहलाई पनि नेपाली र भारतीय दुवै संस्कारमा आधारित भएर सम्पन्न गर्ने निर्णय गरेका छन् । जस अनुरूप विवाहको अघिल्लो दिन उनले मेहेन्दीको कार्यक्रम राखेका छन् भने ५ गतेको विशेष दिनमा उनको निजी परिवार बाहेक अरू कोही सदस्य विवाह उत्सवमा उपस्थित हुने छैनन् ।
विवाहको भोलीपल्ट भब्य रिसेप्सन पार्टी घरमै राख्ने निर्णय गरेका छन् उनले । तर सो समयमा होटलका सबैहल बुक भएकाले भुवनले रिसेप्सनपाटी आफ्नै निजि निवास सिनमंगलमा गर्न लागेको जानकारी दिए । उनले भने, 'घरमा पाटी गर्दा सोचे अनुरूपको भव्य त हुँदैन तर पनि सक्दो भव्य बनाउने कोसिस गर्ने छु ।' बिबाहमा बोलाउनका लागि पाहुनाहरूको लिस्ट लगभग तय गरिएको उनको भनाई छ । रिसेप्सन पार्टीमा राजनीतिक दलका नेता, सिने सेलिब्रेटी, संगीत क्षेत्रका हस्तीहरू तथा सम्पूर्ण सञ्चारमाध्यमलाई निम्तो दिईने तयारी भैरहेको भुवनले जानकारी दिए ।
छोरीको विवाहका लागि हौसिएका भुवनको घरमा जेठी पत्नी विजया र उनीबाट जन्मिएको जेठो छोरो विवेक पनि विवाहमा सहभागी हुनका लागि अमेरिकाबाट नेपाल आउने तयारी भैरहेको बुझिएको छ तर यो कुरालाई भुवनले फाईनल भैनसकेको जानकारी दिए । काजोल विजया तर्फकी छोरी हुन् । जसको नामबाट ब्यानर खडा गरी भुवनले होम प्रोडक्सनका फिल्महरू बनाउदै आएका छन् । भुवनको ज्वाई अमेरिका विजनेस म्यान भएको बताईएको छ । जो ग्रिन कार्ड होल्डर पनि हुन् । यस्तै संघर्षकालिन पिरियडमा भुवनकै घरमा हुर्किएका निर्देशक शोभित बस्नेत काजोलको विवाह उतार्न भुवनलाई सहयोग गरिरहेका छन् ।
यस्तै छोरीको विवाहको विषयलाई लिएर केहि अनलाईनमा छापिएको समाचारसंगैको तस्बिरमा भएको एक फोटोलाई काजोलको भन्दै र्सार्वजनिक गरेको विषयमा भुवनले ध्यानकर्षण गराएका छन् । उनले भने, 'छोरो अनमोलसंग खिचेको सो फोटोमा रहेकी मेरो आफन्त पर्ने हुन् । तर मिडियाले काजोल भनेर सम्बोधन गरिहेको छ । त्यसैले फिल्मीखबर मार्फत आग्रह गर्छु कि तीन जना भएको सो तस्बिरमा रहेकी युवती मेरो छोरी हैन ।'