मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी युनिभर्सिटी थर्ड

फिल्मीखबर, काठमाण्डौ, 2011/11/09

पछिल्लो समय हरेकको मन जित्न सफल बनेकी नायिका केकी अधिकारीले अभिनयमा मात्र हैन अध्यनमा पनि सफलता हात पारेकी छिन् । उनी त्रिभुवन बिश्वबिधालय अर्न्तगतको BIM (व्याचलर इन इनफरमेसन म्यानेजमेण्ट) संकायमा युनिभर्सिटी थर्ड भएकी छिन् । उनले उक्त संकायको अन्तिम सेमेस्टरको परिक्षामा ४ पूर्णाङमा ३.८८ ल्याएर युनिभर्सिटी थर्ड भएकी हुन् ।

 

हरेक छ/छ महिनामा लिईने परिक्षामा केकीले अन्य सेमेस्टरमा पनि यस्तै अनुपातमा मार्कस् आएको बताईन् । ८ वटा सेमेस्टरको अंक जोड्दा प्रतिशत अझ बढ्ने केकीको भनाई छ । कार्यव्यस्तताले गर्दा पढाईलाई सोचे अनुरूपले अगाडी बढाउन नसकिरहेको अवस्थामा पनि युनिभर्सिटी थर्ड हुँदा आफू निकै खुसी भएको केकीले बताईन् । उनले भनिन्, 'यति धेरै मार्कस् आउला भनेर सोचेकी पनि थिईन् तर परिक्षा राम्रै गरेकी रहिछु । म निकै खुसी छु ।' करिब दुई साता अगाडी रिजल्ट आउट भए पनि मंगलबार मात्र मार्कसिट आए पछि आफू युनिभर्सिटी थर्ड भएको कुरा थाहा पाएको केकीले फिल्मीखबरलाई बताईन् ।

 

केकी स्नातकमा मात्र हैन सानै देखि पढ्नमा तेज रहेको उनका पिता बद्रि अधिकारी बताउँछन् । केकीले एसएलसीमा ८६ % अंक ल्याएको र +२ साईन्स बिषयमा पनि डिस्टिङसन ल्याएको पिता अधिकारीको भनाई छ । अभिनयसँगै पढाईमा पनि सफलता हात पारेपछि छोरी प्रति गर्व लागेको अधिकारी बताउँछन् । केकीका पिता बद्रि अधिकारी चलचित्र निर्देशक हुन् ।

 

अभिनय सँगसँगै पढाईलाई पनि निरन्तरा दिंदै केकीले अब MBA मा भर्ना हुने बताईन् । ACE या APEX कलेज मध्ये कुनै एकमा भर्ना भएर अध्यनलाई अगाडी बढाउने उनको भनाई छ । नेपालमा MIM बिषय नभएको र त्यसका लागि बिदेश जानु पर्ने भएकाले अभिनयलाई पनि सँगसँगै लैजानु पर्ने भएपछि MBA मा भर्ना हुन लागेको केकी बताउँछिन् । 'बाबाले पनि नै पढ्न आग्रह गर्नु भयो त्यसैले यहि बिषयमा मास्टर्स गर्छु होला', केकीले भनिन् ।'