अकस्मात एक महिलाले आफू राजेश हमालको श्रीमती भनी प्रहरीमा उजुरी दिएपछी डिसर्टव देखिएका महानायक राजेश हमाल निर्दोष भएको पुष्टी भएको छ ।
गत आईतबारको दिन देखि चितवनकी प्रहरी हब्लदार बालकुमारी अधिकारीको फण्डामा रोमलिएको सिने क्षेत्र आज आएर पूर्ण रूपमा र्छलङ्ग भएको छ । यस्तै बारम्बार आफू महानायकको श्रीमती र आफूबाट जन्मिएको तीन सन्तान हमालकै हो भनी दावी गर्दै आएकी बालकुमारीको सो आरोपलाई उनकै परिवारले गलत भनी प्रमाणित गरेको छ ।
बुधबार बिहान हनुमान ढोका परिसरमा भएको दुइ पक्ष छलफलमा बालकुमारीका भाई ढाकाराम अधिकारीले दीदी मानसिक रोगी भएको र उहाँबाट महानायक प्रति लागेको आक्षेप गलत भएको भन्दै मिडिया सामू माफी समेत मागेका थिए । उनी दीदी बालकुमारीलाई डाक्टरले मानसिक रोगी भनी प्रामाणित गरेको पुर्जी सहित हनुमानढोकामा उपस्थित भएका थिए ।
ढाकारामले भने ' बिगत तीन बर्षदेखी उहाँ मानसिक रोगी हुनुहुन्छ त्यसैले उहाँले महानायक ज्यूलाई यस्तो आरोप लगाउनु भएको हो ।' यस्तै ढाकारामका अनुसार उनको दिदीको विवाह हाल मुस्ताङमा कार्यरत असही कृष्ण बहादुर रानासंग भएको र उनीबाटै तीन छोरीहरू भएको जानकारी पनि दिए । ढाकारामले समय-समयमा बालकुमारीलाई प्रहरी अस्पतालमा चेकअपका लागि काठमाण्डू ल्याउने गरेको जानकारी पनि दिए । तर पछिल्लो केही महिना यता औषधी खान छाडेकाले दीदीले यस्तो कदम चालेको उनको भनाई थियो ।
यस्तै मिडियाको सामू घेरिएका महानायक हमालले मानसिक रोगी बालकुमारीलाई आफ्नो तर्फबाट माफी दिएको बताए । उनले भने, 'उहाँ मानसिक रोगी हुनुहुन्छ त्यसैले उहाँको भाईले नै म माथि लागेको आरोप निराधार भएको भनिसकेपछी म उहाँ प्रति एक्सन लिन जरूरी ठान्दिन । बरू उहाँको स्वास्थ्य लाभको कामना गर्छु ।'
राजेशले यो घटनाबाट अरू सेलीब्रेटी सजग रहनु पर्ने धारणा ब्यक्त गरे । उनले भने ,'यस्तो घटना कपि क्याट हुन सक्छ । भोली फेरी मलाई यस्तो आरोप लाग्न सक्छ र अरू सेलीब्रेटीलाई पनि त्यसैले प्रहरी र मिडियाले पनि यस्ता कुरालाई कसरी महत्व दिने भन्ने हुन्छ ।'
प्राय सिनेमाको सुटिङमा निर्देशकले आग्रह गरेको समय भन्दा निकै ढिला पुग्ने हमाल हनुमानढोकामा भने तोकिएकै समयमा पुगेका थिए । उनलाई मंगलबार हनुमानढोकाले बुधबार बिहान ११ बजे उपस्थित हुनका लागि आग्रह गरेको थियो । जस अनुरूप उनी सहयोगी चिरञ्जीवी आचार्य, भाई राकेश हमाल लगायतका केही आफन्त सहित हनुमान ढोका पुगेका थिए ।
हनुमानढोका पुग्नसाथ उनले बालकुमारीलाई सभ्य भएर गाली समेत गरेका थिए । उनले बालकुमारीलाई देख्न साथ भने, 'म जिम्मेबार मान्छे भएर मात्र यहाँ आएको ।' यस्तै बालकुमारी प्रति हमाल केहि आक्रोषित भएपछि बालकुमारीले पनि एकान्तमा गएर एक घण्टा जति कुरा गर्न राजेशलाई आग्रह गरेकी थिईन् । राजेशको समिपमा आउन खोज्दै गरेकी बालकुमारीलाई राजेशले रोक्दै भने, 'जे कुरा गर्नु छ यहि बसेर गर्नुस् ।'

चार दिन सम्म गरम बनेको बालकुमारी काण्ड सिने सेलीब्रेटीलाई लिएर हलिउड शैलीमा भएको यस्तो प्रकृतिको घटना नेपालकै पहिलो हो । स्मरण रहोस जानकारहरूका अनुसार नेपाली चलचित्र पत्रकारिताको इतिहासमा पहिलो गसिप राजेश हमालकै छापिएको थियो । जतिबेला उनी पहिलो चलचित्र भाग्यरेखामा कृष्टी मैनालीसंग अभिनय गर्न ब्यस्त थिए तर त्यतिबेला कृष्टी मैनालीसंग उनको हट गसिप प्रकाशित भएपछी उनका मामा दीपक रायमाझीले सो चलचित्रबाट उनलाई आउट गरेका थिए । र त्यो खबर नै नेपाली चलचित्र पत्रकारिताको पहिलो गसिप भएको भन्ने गरिन्छ ।
भाग्यरेखामा हमाल आउट भएपछी संगीतकार शम्भुजीत बास्कोटाको दवावमा राजेशलाई दीपक रायमाझीले युगदेखि युग सम्ममा पुनः लिएका थिए । जुन उनको पहिलो चलचित्रको रूपमा परिचित छ ।