मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फर्कि आऊ हेर्न प्रधानमन्त्रीलाई विशेष सिफारिस

फिल्मीखबर, काठमाण्डौ, 2011/11/10

 सेकेण्ड लेडी उर्फ प्रधानमन्त्री बाबुराम भट्टराई  पत्नी हिसिला यमी आज बिहान राजनीतिक काम छाडी फिल्म हेर्न कुमारी सिनेमा घर पुगेकी  थिईन् जहाँ उनले माओवादी द्धन्द कथालाई समेटेर निर्माण गरिएको चलचित्र फर्कि आऊलाई सुरू देखि अन्तिम सम्म हेरेकी थिईन् । 

 
सिनेमा हलमा पाईला राख्ने वित्तिकै निर्देशक ओम प्रतिकलाई उनी भन्दै थिईन् 'म पुरै फिल्म चाहि हेर्दिन  होला, विजी समय निकालेर म यहाँ आएकी हुँ '  तर फिल्म हेर्दै जादा उनले आफ्नो ब्यस्ततलाई पन्छाउदै पूरै फिल्म हेरिन् र प्रतिक्रिया दिईन्, 'यो फिल्म हेर्न हाम्रा कमरेडहरूलाई म आफै पठाउनेछु । ' यस्तै उनले भनिन् 'अझ यो फिल्म हेर्न विशेष गरी म बाबुरामलाई सिफारिस गर्ने छु ।'  फर्कि आऊमा माओवादी द्धन्दकालिन कथा समेटिएकाले आफूले फिल्मलाई अत्याधिक रूचाएको हिसिलाको तर्क थियो ।
 
यस्तै चलचित्र हेरिसके पछि सञ्चारकर्मीसँग कुरा गर्दै नायक राजेश हमालले चलचित्र सोचे भन्दा राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने, 'चलचित्रको अडियो समारोहमा म जति कन्फिडेन्ट थिएँ त्यो भन्दा बढि कन्फिडेन्ट चलचित्र हेरे पछि भएको छु। दर्शकले अवश्य मन पराउनेछन् ।' यसैगरी फिल्मी मसला भरपुर प्रयोग गरिनिर्माण गरिएको उक्त चलचित्रका निर्माता बाबुराम दाहालले प्रिमियर पश्चात सवैबाट चलचित्र राम्रो भएको प्रतिक्रिया सवैबाट पाएको बताए । 'जतिले हेर्नु भयो सबैले मन पराउनु भएको छु, दाहालले भने, 'अब दर्शकले पनि मन पराउनुहुनेछ भन्ने आश लिएको छु ।'  
 
पछिल्लो समयमा चलचित्रले खासै राम्रो व्यापार गर्न नसकेको अवस्थामा आफ्नो चलचित्रले भने राम्रो व्यापार गर्ने बाबुरामको  आश  छ । यस्तै उनले भने 'यदि चलचित्र हेरेर दर्शक रूनु भयो भने हामी सफल भएको ठान्ने छौ । चलचित्रमा मानबिय   समबेदनालाई स्क्रिप्टले राम्ररी बाधेकाले केही स्थानमा भक्कानिने दृश्यहरू छन् । 
 
 
प्रिमियर समारोहमा नायक राजेश हमाल उपस्थित भएपनि माईग्रेनले थलिएकाले गृहनगर सिलगुढीमा आराम गरिरहेकी निरूता सिहं भने उपस्थित थिईनन् ।  नेपाली रजतपटबाट लगभग हराइसकेकी अभिनेत्री निरुतालाई फर्की आऊमा टिनएजर युवतीदेखि लिएर गृहीणीसम्मको भूमिकामा हेर्न पाइनेछ ।  तर फिल्ममा अभिनय नगरेपनि प्रिमियरमा गर्जियस  भएर नायिका करिष्मा मानन्धर  राजेश हमाल सहित उपस्थित हुदा  प्रिमियरको शोभा निकै बढेको थियो । 
 
युद्धमा जन्मिएको प्रेमकथाको उपनाम दिइएको उक्त चलचित्रलाई ओम प्रतिकले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमालले डिएसपी को  भूमिका निभाएका छन् ।  फिल्मका अन्य कलाकारमा फिल्मका प्रोड्यूसर समेत रहेका राम पौडेल, गणेश उप्रेती, सोनिया केसी, हिउँवाला गौतम प्रमुख भूमिकामा छन् ।  चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, राजुविक्रम थापाको छायांकन, वसन्त श्रेष्ठको नृत्य र आलोक श्रीको संगीत रहेको छ । फर्कि आऊ भोलि शुक्रबार देखि राजधानीका नौ वटा र राजधानी बाहिरका सोह्र वटा सिनेमा घरहरुमा  लाग्दै छ।