मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघमा गोपीकृष्ण मुभिज र रमेशजंगको जुहारी

फिल्मीखबर, काठमाण्डौ, 2011/11/10

पहिलो चलचित्र 'नाइ नभन्नु ल' को पोष्ट प्रोडक्सन र नेगेटिभ खरिदको भ्याट विल र  दोस्रो चलचित्र  'मलाई मन पर्‍यो' को नेगेटिभ क्यान खरिदको भ्याट  विल गोपिकृष्ण मुभिजले नदिएको भन्दै कानुनी प्रक्रिया अगाडी बढाउने निर्णय  गरेका निर्माता रमेशजंग रायमाझी र गोपीकृष्ण मुभिज विच निर्माता संघमा ठूलो जुहारी चलेको छ । 

 
केही दिन अघि फिल्मीखबर मार्फत गोपीकृष्णले भ्याट छलेको आरोप लगाउदै कानुनी ढोका ढकढक्याउने तयारी गरेका रायमाझीले आज गोपीकृष्ण मुभिज विरूद्ध निर्माता संघमा उजुरी दर्ता गराएका छन् । यसैगरी रमेशजंगले गोपीकृष्ण मुभिज र सिङ्गो चलचित्र उधोगलाई चुनौती दिएको भन्दै उनलाई उल्टै कारबाहिका लागि गोपीकृष्णले  पनि आजै  निर्माता संघमा उनी  विरूद्ध उजुरी दर्ता गराएको छ ।  
 
संचार माध्यममा कम्पनि विरूद्ध झुठो आरोप लगाएको भन्दै गोपीकृष्णले नेपाली चलचित्र धारासायी पार्न रमेशजंग लागेको भन्दै  उनले मिडियालाई आफ्नो कम्पनी विरूद्ध दिएको बयान सरासर झुठो, कपोकल्पित र मनगणन्ते भन्दै आवश्यक कारबाहिका लागि संघ समक्ष अनुरोध गरेको छ । तर निर्माता रायमाझीले क्यान सहित प्रोष्टप्रोडक्सनबाट प्राप्त हुने करिब बीस लाख बराबरको भ्याट विल गोपीकृष्णले छलेको भन्दै राजश्व तिर्न आफू बन्चित भएको बताएका छन् । 
 
यस्तै  गोपीकृष्णले दिएको उजुरीमा रमेशजंगसग हाल सम्म कुनै पनि किसिमका आर्थिक कारोवार लेनदेन तथा कुनै पनि प्रकारका लिखित सम्झौता एवं सहमति नभएको भनी उल्लेख गरेको छ । जुन कुरा मान्न रमेशजंग तयार छैनन् । भ्याट विल नदिएकै कारणले रमेशजंगले मंसिर दुई  गतेदेखि रिलिज हुन लागेको उनको नयाँ फिल्म गोपीकृष्ण मुभिजमा नचलाउने निर्णय पनि गरेका छन् । जुन समाचार यो साता बहसयोग्य पनि भयो ।
 
यसैगरी निर्माता रायमाझीले चलचित्र 'नाई नभन्नु ल' को शेयर लिने समयमा पनि बाउन्स चेक दिएकाले आफू गोपीकृष्णबाट पिडित भएको कुरा उल्लेख गर्दै गोपीकृष्ण मुभिजका सञ्चालक माथि कारबाहि होस भनी उजुरी दर्ता गराएका हुन् ।  गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेल हुन् । 
 
दवैपक्षले एकले अर्कालाई आरोप लगाएपछी निर्माता संघ पनि को गलत हो भन्ने कुराको दोधारमा परेको छ । संघमा निवेदन परे लगत्तै फिल्मीखबरसंग  कुरा गर्दै अध्यक्ष राजकुमार राईले छिट्ट नै दुवै पक्षलाई संघमा उपस्थित गर्राई यो लफडा अन्त्य गर्ने  प्रतिक्रिया दिएका छन् । तर अन्यायमा को परेको हो भन्ने बारेमा यसै भनिहाल्न नमिल्ने उनको भनाई छ ।