मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मासँगै किन बसेनन् राजेश ?

अनुप भट्टराई, काठमाण्डौ, 2011/11/10

उखानै छ 'अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ' । बिहिबार बिहान आफू अभिनित चलचित्र 'फर्कि आऊ' को  प्रिमियरमा उपस्थित भएका अभिनेता राजेश हमाल बालकुमारी काण्डबाट महिलासँग निकै तर्सिएको छनक देखिएको छ ।


पचास बर्ष भैसक्दा पनि विवाह गर्ने मुड नबनाएका हमाल महिला देखि यति तर्सिएछन् कि समकालिन अभिनेत्री करिश्मा मानन्धरसँग पनि  उनी  बोल्न चाहेनन्  । ठीक साढे आठ बजे स्काई ब्लू टिसर्टमा कोट लगाएर उपस्थित भएका राजेश सिनेमा हल भित्र पुग्ने क्रममा करिश्मा बसेको रोमा बस्न पुगे जहाँ अवरोधको रुपमा हमालका सहयोगी चिरञ्जिबी आचार्य कवाफमा हड्डी भएझै दुईको बीचमा बसिदिए ।

 

दुई स्टार सँगै भएपछी मिडियाको क्यामेरालाई राजेश र करिश्मालाई एउटै फ्रेममा अटाउने प्रयास गर्दा हमालका सहयोगी फिट नभएपछी सञ्चारकर्मीबाट उनलाई आग्रह गरियो, 'कृपया ! तपाई बसेको सिटमा राजेश जीलाई बसाउनुहोस् ।' यति भन्दै हमालका सहयोगीले सो स्थान छोडीदिए तर राजेश उठ्न मानेन्  र करिश्मासँगको सिटमा बस्न उनले कुनै चाह देखाएनन् । 

 

चिरञ्जिबी अर्कै स्थानमा गएर बसे र सञ्चारकर्मीले बीचको सिट खाली देख्दा तस्बिर नराम्रो आउने भन्दै हमाललाई एक स्टिेप सर्न आग्रह गर्दा उनी आफ्नो डेगबाट पछि हटेनन् बरु उल्टै सञ्चारकर्मीलाई प्रश्न गर्दे भने, 'विभिन्न महिलाहरूसँग जोड्ने रहर छ कि क्या हो  ?' राजेशको मुखबाट यस्तो निरंकुश शब्द निस्किएपछी करिश्माको अनुहार मलिन देखियो ।  जेन्टल राजेशले त्यस्तो शब्द निकालेपछी  सवा दुई घण्टासम्म सँगै बस्दा करिश्माले राजेशलाई हाईहेल्लो भन्ने आँट पनि गरिनन् र हमालले पनि उनलाई के कस्तो छ भनी प्रश्न गरेनन् ।


प्राय जसो सार्वजनिक कार्यक्रममा आँखाको ईशाराले अभिवादन गर्ने यि दुई आज एक शब्द पनि नबोल्दा उपस्थित सञ्चारकर्मी अचम्ममा परे । यति मात्र हैन  चलचित्र हेरिसकेपछी राजेशलाई उपस्थित पाहुनाहरुले उनकै सिटमा आएर बधाई दिए तर आफूलाई मिस बिहेव गरेकाले  करिश्माले उनलाई बधाई दिन जरुरी ठानिन् कि क्या हो फिल्म सकिने बित्तिकै उनी केहि नबोली बाहिर निस्किईन् ।


दर्शकहरुबाट अत्याधिक रुचाईएको उक्त जोडीलाई भगवानले नै बनाएको जोडी भनेर पनि  भन्ने गरिन्छ । जुन संज्ञाका लागि  सञ्चारकर्मीका पेनका निभहरुले पनि उनीहरुका लागि सो स्थान छुट्याएको थियो तर आज राजेशले करिश्मा प्रति गरेको विहेवले राजेशले महिला प्रतिको धारणा परिवर्तन  गरेको  पुष्टी भएको छ । किन कि बालकुमारी काण्डले उनको टाउको निकै नराम्ररी दुखेको थियो ।

 

यति मात्र हैन एक साता अघि सोही चलचित्रको अडियो लन्चमा करिश्माले राजेशको मुक्त कण्ठले तारिफ गर्दै भनेकी थिईन्, 'मेरो सवै भन्दा मन पर्ने हिरो राजेश हमालको फिल्म  अवश्य हिट हुन्छ ।' तर करिष्माले मात्र तारिफ गरेर के गर्नु ? रिलेशन मेन्टेनको लागि तालि एक हातले मात्र बज्दैन ।  राजेशले नै वास्ता नगरेपछि करिष्माले राजेश प्रति देखाएको सदभावको पनि  कुनै अर्थ रहेन । आशा गरौं आगामी दिनमा राजेशले करिष्मा प्रति यस्तो व्यवहार देखाउने छैनन् । 

तपाईलाई के लाग्न सक्छ स्त्री जातिसंग राजेश पक्कै तर्सिएकै हुन त  ? कमेन्ट गर्नुस !