कार्तिक ११ गते राजधानी रिलिज रोकेर राजधानी बाहिर मात्र प्रदर्शन भएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' आजदेखि राजधानी भित्रिएको छ । काठमाण्डू सहित बनेपा, बार्हबिसे र चरिकोट गरि १५ वटा सिनेमा हलमा यो चलचित्र प्रदर्शनमा आएको हो ।
श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, मुकेश ढकाल, निता ढुङ्गाना स्टारर उक्त सिनेमा आजै देखि फ्रेस सिनेमाको रुपमा देशब्यापी प्रदर्शन भएको चलचित्र 'फर्कि आऊ' संग प्रतिष्पर्धा गर्नेछ । राजेश हमाल, निरुता सिहं स्टारर 'फर्कि आऊ' राजधानीका ९ वटा र राजधानी बाहिरका १६ वटा सिनेमा घरमा लागेको छ । अहिले दुबै सिनेमा मध्ये कस्ले बाजि मार्ला भन्ने बिषयलाई निकै चासोको रूपमा पनि हेरिएको छ ।
राजधानी बाहिर सफल प्रदर्शन भएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को राजधानी विजनेस अब्बल हुनेमा निर्माता प्रदीप उदय पूर्ण विश्वस्त देखिएका छन् । तर गत साता देखि रिलिज भएका दुई चलचित्र 'कालापानी' र 'मसान' यो साता पनि विभिन्न हलमा रहेकाले 'हाम्रो माया जुनी जुनीलाई' र 'फर्कि आऊ' को कलेक्सन सोचे अनुरुप नहुने निश्चित छ ।