पछिल्लो समय बलिउड र हलिउडका कलाकारहरू नेपाल आउने लहर नै चलेको छ । तर उनीहरूको नेपाल यात्रा आउनका लागि आएको र जानका लागि गएको मात्र भएको छ । यसै बीच भारतीय स्टार अक्षय कुमार नेपाल आएको खबर प्राप्त भएको छ ।
उनी शुक्रबार अपरान्ह आफू निकट भारतीय चलचित्रकर्मीको साथमा काठमाण्डू आएको बुझिएको छ । उनी काठमाण्डू ओर्लिए लगत्तै बौद्धमा रहेको हायात होटलमा बसेको बताईएको छ । तर उनी के कामका लागि र किन नेपाल आएको भन्ने कुरा खुल्न सकेको छैन ।
पछिल्लो समय एक टेलिभिजन च्यानलमा स्टण्डमा आधारित कार्यक्रम 'खतरोका खेलाडी' सञ्चालन गरिरहेका अक्षयले सो कार्यक्रमको नयाँ सिजनको लागि छायाकंन स्थल नेपाल बनाउने बुझिएको छ । बुझिए अनुसार खतरोका खेलाडीका लागि उनी बन्जी जम्पको स्टण्ड नेपालमा गर्न चाहान्छन । जसका लागि उनी एक साता नेपाल बस्ने बुझिएको छ ।