मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुष्मा र सुदर्शनको ब्रेकअप !

अनुप भट्टराई, काठमाण्डौ, 2011/11/13

नायिका सुष्मा कार्की र निर्देशक सुदर्शन थापा बिचको प्रेम प्रसङका बारेमा थाहा नपाउने सायदै होलान् ।  ६ बर्ष देखिको आफ्नो प्रेमलाई खुल्ला रूपमा नै दर्शाउँदै आएको यो जोडीको अहिले ब्रेकअप भएको छ ।
 

पछिल्लो एक बर्ष देखि सुदर्शनको ब्यबहारका कारण आफू वाक्क भएको भन्दै सुष्माले फिल्मीखबरसँग केही दिन अघि रुदै फोनमा भनेकी थिईन्, 'मेरो मायालाई उसले कहिले बुझेन त्यसैले आजदेखि मेरो मुखबाट बिर्सिएर पनि उसको नाम निस्किने छैन ।' पछिल्लो समयको भेटमा पनि सुष्माले सुदर्शनको आनीबानी प्रति असन्तुष्ट पोख्ने गरेकी थिईन् । केही दिन अघि आफ्नो ब्रेकअपभएको  खबर सार्वजनिक गर्न आग्रह गर्दै  उनले भनेकी थिईन्, 'मेरो ब्रेकअप भयो कसरी  लेख्ने हो तपाईको जिम्मा ।'

 

यता सुदर्शनसँग प्रतिक्रिया लिन खोज्दा उनले यो खबर तत्काल सार्वजनिक नगर्न अनुरोध गरेका थिए ।  तर सुदर्शनले सो खबर जति रोक्न चाहे पनि अन्तत: सुष्माले फेसबुक वालमै आफ्नो सम्बन्ध अन्त्य भएको सार्वजनिक गरेकी छिन् । आईतबार बिहान दश बजेको समयमा सुष्माको सो स्टाटसमा 'मेरो सम्बन्ध ज्यादै जटिल र भ्रमित भएकाले आजबाट यो सम्बन्ध तोड्दै छु र आजदेखि म एक्लो छु' भन्ने कुरा सार्वजनिक गरेकी छिन् ।

सुष्मा र सुदर्शनको पहिलो भेट 'मेरो एउटा साथी छ' को सुटिङको शिलशिलामा भएको थियो । त्यपपछी सुदर्शनले सुष्मालाई 'के यो माया हो' मा लिड रोल दिएका थिए । तर समयको बदलाव संगै सुदर्शनको मन बदलिएको भन्दै सुष्माले उ भविष्यका लागि राम्रो हजबेण्ड नभएको समेत भन्न भ्याएकी छिन् । सुष्माको र सुदर्शनको परिवार बीच पनि यि दुईको चाडै विवाह गर्ने सहमति भएको थियो । जस अनुरुप हुनेवाला ज्वाईको रुपमा सुदर्शन यो बर्षको दशैको टीका थाप्न सुष्माको घर गएका थिए ।

 

यस्तै पछिल्लो पटक बिनिता बरालसंगको गसिपका कारण सुष्मा र सुदर्शन बीच दुरी बढेको बुझिएको छ । जसकारण सुष्माले विनितालाई सुदर्शनको गर्लफ्रेण्ड हो भनी आरोप पनि लगाएकी छिन् ।  तर सो कुरालाई न सुदर्शन स्विकार्छन् न त बिनिता नै ।  फेसबुक मार्फत आफ्नो ब्रेकअप भएको खबर सार्वजनिक गरेकी सुष्मालाई अब सिंगल लाईफ जिउने विचार हो त भन्ने फिल्मीखबरको प्रश्नमा उनले  भनिन्, 'बच्चैमा लभ गरेर एउटा ठूलो गल्ती गरे त्यसैले अब फेरी अर्को गल्ती गर्न चाहन्न।'

 

सुदर्शनसंग ब्रेक अपभएको खबर सार्वजनिक गरेपनि सुष्माको फेसबुक फ्रेण्ड लिस्टबाट सुदर्शन रिमुभ भएका छैनन् । यस्तै सुष्माले ब्रेकअप गरेको खबरको सम्बन्धमा सुदर्शनलाई सोधिएको विविध प्रश्नमा उनले नो कमेन्ट भनेका छन् ।