मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनीषाले फिल्म नखेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/11/14

फेरी भेटौला खेलेको बीस बर्षपछी नेपाली चलचित्र धर्मा मार्फत पुनः कलिउड कमब्याक भएकी अभिनेत्री मनीषा कोईरालाले अभिनयबाट सन्यासको घोषणा गरेकी छिन् ।


सडक बालबालिकाहरुलाई विभिन्न सहयोग गर्दै आएको हट विट नामक संस्था मार्फत आज २१ जना सडक बालबालिकालाई जाडोको लुगा सहयोग गर्न लाजिम्पाट पुगेकी कोईरालाले फिल्मीखबरसंग विशेष कुरा गर्दै भनिन्, 'बीस बर्ष भैसक्यो त्यसैले  अब एक्टिङ्गमा आउने छैन ।' बरुले उनले आफ्नो निर्देशनमा चाडै नै नेपाली चलचित्र निर्माण गर्ने बताएकी छिन् । 'सम्भवत: यो खबर तपाईले छिट्टै थाहा पाउनु हुने छ', उनले भनिन् ।

 

मनीषाले फिल्म निर्देशन गर्नु पूर्व प्रोडक्सन हाउस खोल्ने र आफ्नै लगानीमा फिल्म निर्माण गर्ने पनि बताईन् । यस्तै बुझिए अनुसार बन्न लागेको  बलिउडका दुई चलचित्रमा साईन गरेकी कोईरालाले  सो कुरालाई प्रष्ट पार्दै  भनिन मैले साईन नै गरेको छैन कसरी फिल्म खेल्ने ।


साधारण पहिरनमा सडकबालबालिकालाई सहयोग गर्न पुगेकी मनीषाले आफ्नो बैबाहिक सम्बन्धका बारेमा रहष्यमै उत्तर दिईन्  । फिल्मीखबरले श्रीमान् सम्राटको बारेमा जानकारी लिन खोज्दा उनले यो बिषयमा आफू बोल्न नचाहाने प्रतिक्रिया दिईन् । त्यसो भनिरहदा ब्यापारी सम्राट दाहाल प्रति ठूलो  असन्तुष्टी उनको मुहारमा झल्किरहेको थियो । उनी ड्राईभर, एक महिला र एक बयष्यक युवकसंग निजी गाडीमा कार्यक्रम स्थल पुगेकी थिईन् ।


सम्राटसंगको सम्बन्धको बारेमा विभिन्न अडकलबाजी भैरहे पनि उनी बुढानिकलकण्ठमै बस्दै आएकी छिन् । आज सोमबार उनी सोही निवासबाट सडक बालबालिकासंग दुःख सुख साट्न लाजिम्पाट पुगेकी हुन् । मनीषाले उपस्थित बालबालिकालाई  ज्याकेट र स्लिपिङ ब्याग बाडेकी थिईन् । जसको बदलामा बालबालिकाहरुले नाच गान गर्दै विवोईङ्गका विभिन्न स्टेप देखाएर मनीषालाई खुशी बनाएका थिए ।

 

'उनीहरुसंग यो मेरो भेटघाट गर्ने पहिलो माध्यम भएकाले सानो सहयोग गरेकी हुँ तर आज उपस्थित भएका मध्ये करिब १२ जनालाई पढाउने जिम्मा पनि चाडै लिदैछु', मनीषाले भनिन् । अभिनयबाट टाढा बस्न खोजेकी मनीषाले आगामी दिनमा समाजसेवालाई बिशेष प्राथमिकता दिने बताईन् ।  तर आफ्नै नाममा ट्रष्ट खोल्ने पक्षमा नरहेको उनले प्रष्ट पारिन् ।