मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेजोनमा बबाल झगडा

फिल्मीखबर, काठमाण्डौ, 2011/11/14

 घटना हिजो आईतबारको हो तर खबर सोमबार मात्र थाहा पाईएको छ । डविङ ढिला सुरू गरेपछी चलचित्र 'प्लान' को रिलिज डेट दुई महिना पर धकेलिएको विषयमा निर्देशक शोभित बस्नेतसंग रूष्ट भएकी प्रोडयूसर  कविता श्रेष्ठले आईतबार आफ्ना रिसहरू सतहमा आउने गरी  छताछुल्ल बनाएकी छिन् । 

 
आईतबार बिहानै बागबजारमा रहेको सिनोजोन स्टूडियोमा  धिरेन शाक्य र हिरोईन अनुष्का ढकालको डविङ गर्ने योजना बनाएपनि ब्यस्तताका बाबजुत शोभित डविङमा उपस्थित हुन सकेनन् र सो  दिन उनी डविङ नगर्ने मुडमा पुगे तर शोभितको सो क्रियाकलापबाट रिसले आगो हुदै कविता आफैले दुई कलाकारको  डविङ सकिदिईन् । जुन विषयले अहिले शोभित र कविताबीच ठूलो झगडा भएको छ ।
 
माघको पहिलो सातादेखि रिलिज हुन लागेको सो चलचित्रमा सोभित र कविताको लगानी छ । तर फिल्मका क्याप्टेन अर्थात निर्देशकको अनुमति विना कलाकारहरूको डविङ प्रोड्यूसरले गरिदिएपछी यि दुईको विवाद सतहमा आएको हो । 
 
 
सिनोजोन स्रोत अनुसार कविताले जर्वजस्ती निर्देशकको अनुपस्थितिमा धिरेन र अनुष्काको डविङ गराएकी थिईन् जुन कुरा आईतबार बेलुका सिनेजोन पुग्दा  सोभितले चाल पाए र तुरून्तै रिसको मुद्रामा  उनले डविङ गरिएका सवै  फाईनल अडियोलाई डिलिट गरिदिए । जसकारण प्रोड्यूसर र निर्देशकको  जुहारीमा दुई  कलाकार नराम्ररी परेका छन् ।
 
काम सकिएपनि रिसको मुद्रामा शोभितले डविङ गरिएका सिंक साउण्ड  डिलिट गरिदिदा धिरेन र अनुष्काले पुनः डविङ गर्नु पर्ने भएको छ । जसका लागि आईतबार नै सकिएको डविङलाई अभिनेता धिरेनले मंगलबार पुनः रि-डविङ गर्दैछन् भने अनुष्काले बुधबार ।  
 
 
सर्सरती हेर्दा  निर्देशकको अनुपस्थितिमा निर्माताले उसको कामलाई हस्तक्षेप  गर्नु सरासर गलत हो । र निर्देशकले पनि ब्यस्त भएको खण्डमा आफ्नो अनुपस्तिथिको खबर निर्माता समक्ष  जाहेरी गर्नु उसको कर्तब्य हो । तर को भन्दा को कम हुने प्रचलनले सोभित र कविताको विवाद चरम विन्दुमा पुगेपछी सानो बिषयले यसरी उग्र रूप लिएको हो । तर सो बिबादमा शोभित पनि दोषि रहेको बुझिएको छ । फिल्मीखबरलाई प्राप्त जानकारि अनुसार शोभित ४ दिन सम्म निर्माताको सम्पर्कमा नआए पछि बध्य भएर उनी आफै अगाडी काममा सर्नु परेको हो ।
 
सोभितले यस अघि कविताको पहिलो चलचित्र 'बरदान'  निर्देशन गरेका हुन्  र सो चलचित्रको छायाकंन सकिए लगत्तै कवितासंग मिलेर सोभितले प्लान बनाएका हुन् ।  जुन चलचित्रको छायाकंन सुरू हुन नपाई विभिन्न बिषयमा कविता र शोभितको मनमुटाव भएको थियो । जुन मटमुटावले उग्रतालिदै आईतबार यि दुईको सिनेजोन स्टूडियोमा  बबाल भनाभन भएको हो ।