मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छ महिना पर धकेलियो सुटिङ्ग

फिल्मीखबर, काठमाण्डौ, 2011/11/15

दशै लगत्तै ड्रिम  प्रोजेक्ट यो मनको आधा छायाकंन  थाईल्याण्ड गर्ने तयारी गरेका निर्देशक सुमन दाहालको सो प्रोजेक्ट छ  महिना पर धकेलिएको छ । 

 
 
चलचित्रको छायाकंनको लागि थाई प्रशासन  मार्फत वर्क परमिट, इन्स्योरेन्स तथा स्पट परमिटको स्वीकृति समेत लिईसकेका दाहालले दशैलगत्तै  छायाकंनका लागि  थाईल्याण्ड जाने तयारी गरेका थिए तर थाईल्याण्डमा आएको शताब्दीकै ठूलो  बाढीले उनको सवै तयारी बगाईदिएको छ । सुमनले थाईल्याण्ड सुटिङ्गका लागि करिब ३० लाख खर्चसमेत गरिसकेकाले सो रकम असुलीका लागि पनि उनले सुटिङ्ग थाईल्याण्डमै गर्नुपर्ने बाध्यता छ । किन कि चलचित्रको केही प्रतिशत  कथा अबरोडमा आधारित छ । 
 
 
सुटिङ्ग पोष्टपोण्ड भएपछी तनाव मुद्रामा   सुमनले भने 'बाढीले गर्दा जमेको पानी सफा गर्न थाई सरकारलाई करिब तीन महिना लाग्ने  र बातावरण पूर्ण रूपमा सफा गर्नका लागि थप तिन महिना लाग्ने भएपछी सुटिङ्ग पोष्टपोण्ड गर्न बाध्य भएको हु ।'   'यो मन' निर्देशनका लागि उनले गीत रेकडिङ्ग देखि लिएर प्रि-प्रोडक्सनका सवै काम सिध्याएका थिए जस अनुरूप निखिल उप्रेती यसै फिल्म मार्फत  कमब्याक हुने कुरालाई अझ जोड दिन उनले निखिलको फरक स्टण्ड (स्काई र्डाईभिङ्ग कोर्स ) थाईल्याण्डमा गर्न सहयोग गरेका थिए  । 
 
 
चलचित्रमा सुशिल पोखरेल, रश्मी भट्ट तथा लिड रोलमा नन्दिता केसी पनि अनुबन्धीत भएकी छिन् तर सुटिङ्ग ६ महिना पर धकेलिएपछी नन्दिता खिन्न भएकी छिन् । थाईल्याण्डमा रहेका नेपाली मोहन (कृष्ण) पन्तसंग मिलेर सुमनले निर्माण गर्न लागेको उक्त चलचित्र निर्देशन गर्नु अघि सुमनले 'मनपरेपछी' भन्ने चलचित्र निर्देशन गरेका थिए जुन चलचित्रको प्रोमोशनमा निर्माता हावी भएपछी उनी छायामा परेका थिए । यो मन मा  रंग पत्रकार सरोज प्याकुरेल तथा सुरेश अधिकारीले संगीत निर्देशक भएर काम गरेको छन् भने नृत्य निर्देशनका लागि कविराज र द्धन्दका लागि योगेन्द्र श्रेष्ठ अनुबन्धीत भएका छन् ।