दुई साता अघि चार नायक राजेश हमाल, बिराज भट्ट, निखिल उप्रेती र आर्यन सिग्देल मध्ये कोसंग रेखा थापाको ज्यादा रिसिवी छ भनी फिल्मीखबरले राखेको भोटिङ पोलमा आर्यन सिग्देलसंग रेखाको रिसिवी बढी भएको मत प्राप्त भएको छ ।
यो खबर तयार पारून्जेल सम्म भोटिङ पोलमा जम्मा २३ सय ५५ जनाले आफ्नो मत ब्यक्त गरेका थिए । जस मध्ये आर्यनको पोलमा ४१ दशमलव ५३ प्रतिशत मत प्राप्त भएको छ । जुन मतबाट कलाकारहरूका फ्यानहरूले पनि आर्यन र रेखाको सम्बन्धलाई नजिकबाट बुझेको प्रष्ट हुन्छ । यस्तै राजेश हमाललाई अंकल भनेर सम्बोधन गर्ने रेखासंग राजेशको सवैभन्दा थोरै ५ दशमलव ९४ प्रतिशत रिसिवी रहेको भोटिङ पोलको नतिजामा देखिएको छ ।
रेखालाई राजेशले त्यति रूचाउदैनन् त्यसकारण आफूलाई वास्ता नगरेपछि रेखा पनि राजेशलाई त्यति चासो दिन्नन् । जस अनुरूप चल्तीमा रहने हिरोहरूसंग कुनै बेला राम्रो सम्बन्ध बनाउने रेखाको पछी उनीहरूसंग सम्बन्ध विग्रिदै गएका उदाहरणहरू छन् तर राजेशसंग उनले आफ्नो निकटता अन्य हिरोहरूसंग जसरी अगाडी बढाउन पाएकी छैनन् ।
यस्तै भोटिङ पोलको तेस्रो स्थानमा निखिल उप्रेतीले २८ दशमलव ३७ प्रतिशत मत ल्याउदै उनी रेखाको दोस्रो नम्बरको दुश्मनको रूपमा देखिएका छन् । यसैगरी थुप्रै चलचित्रमा विराज भट्टसंग काम गरेकी रेखाको दुश्मनीको तेस्रो नम्बरमा विराज भट्टलाई भोटिङ पोलले देखाएको छ । भोटिङ पोलमा विराजसंग रेखाको २४ दशमलव १६ प्रतिशत दुश्मनी अंक देखिएको छ ।
फिल्मीखबरको भोटिङ पोलमा रेखाको सबैभन्दा धेरै रिसिवी आर्यन सिग्देल देखिनुको प्रमुख कारण केही महिना अघि सम्पन्न सिजी डिजीटल अवार्डमा आर्यनले रेखालाई खुल्ला रूपमै ब्यग्य प्रहार गर्नु नै पछिल्लो प्रमुख कारण हो । त्यसपछी आर्यनका गडफादर अर्थात प्रोड्यूसर छवि ओझासंग पनि उनको दुश्मनी त्यही अवार्डबाट सुरू भयो । जस अनुरूप मिडियाले पनि आर्यन र रेखाको खुल्ला झगडालाई प्रमुख प्राथामिकता दिए ।
स्मरणर होस आर्यनसंग रेखाको सम्बन्ध बिग्रनुको प्रमुख र पहिलो कारण एक टेलिभिजन च्यानलमा आर्यनले दिएको अर्न्तवार्ता हो । जतिबेला प्रेजेन्टर दीनेश डिसीले र्यापिट फायर राउण्डमा आर्यनलाई झरना बज्राचार्य कि रेखा थापा भनी प्रश्न गर्दा आर्यले झरना भनी उत्तर दिएका थिए । जुन अर्न्तवार्ता घरको टेलिभिजनबाट रेखाले हेरिरहेकी थिईन् । जस अनुरूप आर्यनले आफूलाई माईनस गरी कोही मेरो हिरोईन झरनाको नाम लिएपछी आर्यनसंग रेखाको रिसिवी सोही दिनबाट सुरू भएको हो ।
भोटिङ पोल अझै बाह्र घण्टा राखिने छ मत ब्यक्त गर्नुहोला ।