मनोनयन प्रक्रिया बैज्ञानिक नभएको भन्दै अपिल विष्ट निर्मित चलचित्र दासढुङ्गाले नेफ्टा अवार्डबाट हात झिके लगत्तै अर्को चलचित्र 'फष्टलभ' ले पनि सो अवार्डमा सहभागीता नजनाउने निर्णय गरेको छ ।
बुधवार काठमाण्डूको एक स्टूडियोमा बसेको सो चलचित्रको मुख्य टिमको बैठकले अवार्डको मनोनयन प्रक्रियामा चित्त नबुझेको भन्दै प्रतिष्पर्धाबाट बाहिरिने निर्णय गरेको हो । ३४ बिधाका लागि ४७ चलचित्र प्रतिष्पर्धामा रहेको नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोयन सूची अर्न्तगत ९ बिधामा फष्टलभ परेको छ ।
पटकथा सहित सम्पादन लगायतका विभिन्न बिधामा फिल्म परेपछी वेष्ट डिरेक्टर र वेष्ट फिल्मको टप फाईभ नोमिनेशनमा फष्टलभ नपारिनु हास्यास्पद भएको भन्दै निर्माता माधव वाग्ललेले अवार्ड बहिस्कार गरेको जानकारी दिए । निर्णय गरे लगत्तै फिल्मीखबरसंग कुरा गर्दै वाग्लले भने, 'मेरो फिल्मले अवार्ड पाओस भन्ने दावी हैन तर उत्कृष्ट निर्देशक र फिल्म बिधाको टप फाईमा समेत नपर्नु चाहि न्यासंगत छैन ।'
यस्तै चलचित्रका निर्देशक सिमोस सुनुवारले पनि उत्कृष्ट पाँच चलचित्रको नोमिनेशनमा परेका चलचित्रहरू हेर्दा बेष्ट फिल्ममा नपरेको निर्देशक बेष्ट निर्देशकको सुचीमा परेकोमा आफू चकित भएको प्रतिक्रिया दिए । अवार्डको टप फाईभ मनोनयनको बेष्ट फिल्म अर्न्तगत आकाश अधिकारीको निर्देशित चलचित्र शासन छैन तर बेष्ट डिरेक्टरको मनोनयन सूचीमा उनी छन् र सोही कुरा लाई फष्टलभले चित्त नबुझाएको एक कारण पनि हो ।