नेपाली चलचित्रलाई अझै विस्तृतिकरण गर्दै व्यापार बजार बढाउनुपर्ने अवस्थामा सिक्किममा भने अब नेपाली चलचित्र प्रतिबन्ध हुने अवस्थामा पुगेको छ । सुटिङका लागि समेत नेपाली चलचित्रहरू त्यसतर्फ जान थालेको बेलामा नेपाली चलचित्रले त्यो ठाउँमा निर्माण एवं प्रदर्शनमा समेत प्रतिबन्ध हुनुपर्ने अवस्था निम्तिएको छ । यसरी नेपाली चलचित्रले त्यस ठाउँमा फस्टाउने मौका नपाउनुको मुख्य कारण निर्देशक शोभित बस्नेत भएका छन् ।
निर्देशक बस्नेतले चलचित्र 'लभ इन सिक्किम' बनाउने बेलामा सिक्किम गएर छायाँकन गरेका थिए । त्यसमा सिक्किमकै कलाकार रूष्मा राईले पनि अभिनय गरेकी थिईन् । त्यहाँको सरकारले आफ्नो गेस्ट हाउसमा धेरैजसो छुटका साथ हर सुविधा दिएर 'लभ इन सिक्किम' को युनिटलाई राखेको थियो । तर त्यतिखेर त्यहाँको गेस्टहाउसलाई तिर्नुपर्ने नेपाली रूपैंया ४० हजार बाँकी राखेर शोभित नेपाल आएपछि र सो रकम अहिले सम्म चुक्ता नगरे पछि त्यसको असर सम्पूर्ण चलचित्र उधोगलाई परेको हो ।
उक्त काण्डमा सिक्किम सरकारले पैसा उठाउनका लागि सार्वजनिक सूचना समेत जारी गरेको बुझिएको छ । यसैकारणले गर्दा अब नेपाली चलचित्रले सिक्किममा सुविधा पाउनुको त कुरै छोडौं छायाँकन पनि गर्न नपाउने अवस्था आईपरेक्को छ । नायिका रूष्मा राईलाई साक्षी राखेर सोभितलाई सिक्किम सरकारले बिश्वास गरि उधारो दिएको रहेछ । तर सोभितले पैसा नतिरे पछि यस्तो लफडा परेको जानकरी रूष्माले दिएकी छिन् । हाल नेपालमा रहेकी रूष्माले यो लफडा ट्युङ्याउनका लागि शोभितसँग प्रयास गरिरहेको तर सोभित भने आफूबाट टाढाटाढा भागिरहेको बताईन् ।
एउटा चलचित्रकर्मीको नामले सिङ्गो चलचित्र उधोगलाई अप्ठ्यारोमा पार्दा पनि सोभित भने दङदास भएर बसिरहेको देख्दा हामीलाई अप्ठ्यारो लागेको छ । यसरी सोभितले नेपालकै बिभिन्न ठाउँमा पनि पैसा बाँकी राख्ने गरेका कारण बेलाबेलामा उनी कुटाई तथा धम्कीको शिकार बनिरहेका हुन्छन् । झन् यतिखेर नेपाली चलचित्रलाई सिक्किममा समेत व्याण्ड गर्ने अवस्था निम्त्याईदिनुले अर्को एउटा अप्ठ्यारो नेपाली चलचित्र उधोगले बेहुर्नुपर्ने अवस्था आएको छ ।
स्रोत: फिल्मीखबर साप्ताहिक