भुवन केसीले सुस्मिता केसीसंग दुई पटक डिभोर्स गरेको खबरले फिल्मी बजार केही समय निकै तात्यो । स्क्याण्डलमा पर्न रुचाउने भूवनको सो डिभोर्स काण्ड फिल्म चलाउने अर्को बहाना पनि भनियो तर भुवनको दोस्रो पटकको भुवन फण्डा यति बेला आएर पूर्ण रुपमा सत्य सावित भएको छ ।
मंसिर पाँच गते भारतीय नागरिक पुनित रायसँग छोरी काजोलको विवाह गरिदिने तयारी गरेका भुवनले विवाहका लागि तयार गरेको निम्तो पत्रमा कहिं कतै सुस्मिताको नाम उल्लेख गरेका छैनन् । यति सम्मकी सौतेनी आमा पट्टीको छोरा रोशनको नाम लेख्न उनले भ्याएका छन् तर सुस्मिताको नाम सो कार्डमा नअटाएको पाईएपछी सुस्मितासँग भुवनको सम्बन्ध सधैको लागि अन्त्य भएको पुष्टी भएको छ । तर निम्तो पत्रमा सुस्मिता तिरका छोरा अनमोलको नाम भने भुवनले लेख्न बिर्सिएका छैनन् ।
हुन त डिभोर्स गरिसेककी श्रीमतीलाई सौतेनी पट्टीकी छोरीको विवाहमा निम्तो दिनु आवश्यक छैन । तर विश्वब्यापी सेलिब्रेटीको हकमा यस्ता कुराहरुलाई ठूलो रुपमा नहेरिने प्रचलनले पनि होला सायद नेपाली चलचित्रकर्मीले पनि छोरीको विवाहमा भुवनले सुस्मितालाई बोलाउने अडकल काटेका थिए तर जव हातमा निम्तो पत्र पर्यो तव देखियो सुस्मिताको नाम कहि कतै छैन । यस्तै निम्तो प्रसंगमा भुवन निकट एक चलचित्रकर्मीले घरको भित्ताको कुनामा समेत सुस्मिताको तस्बिर नरहेको बताउँदै निमन्त्रणा दिने त सम्भावना नै नरहेको बताए ।
सोल्टी होटलमा भब्यताका साथ छोरीको रिसेप्सन पार्टी गर्ने तयारी गरेका भुवनको सोच अकस्मात परिवर्तन भै सो रिसेप्सन पार्टी पनि उनले सिनामंगल स्थित निजी निवासमा आयोजना तय गरेका छन् । जस अनुरुप तीन दिने बैबाहिक कार्यक्रमको अन्तिम दिन मंसिर ६ गते चलचित्रकर्मी, राजनीतिककर्मी र संगीतकर्मी बीच उनले छोरी ज्वाईको परिचय गराउने कार्यक्रम छ ।
रिसेप्सन पार्टीमा भुवनको रिलिजको तयारीमा रहेको चलचित्र 'साथी म तिम्रो' को सवै गितहरु, प्रोमोहरु पनि सार्वजनिक गरिदैछ भने केही संगीतकर्मीहरुले गीत समेत गाउने कार्यक्रम राखिएको छ ।