मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोपीकृष्ण ब्यानरसँग कलाकार असन्तुष्ट

फिल्मीखबर, काठमाण्डौ, 2011/11/18

मुख्य नायकको रुपमा ब्रेक पाएपछी सो चलचित्रको पब्लिसिटी गर्ने रहर कुन कलाकारलाई हुँदैन र  । तर विगत केही बर्ष देखि आफ्नै रेडियो टेलिभिजन र आजै शुक्रबारबाट पत्रिका समेत लन्च गर्न लागेको गोपीकृष्ण मुभिजको सेल्फ पब्लिसिटीबाट सम्बन्धीत कलाकारहरु असन्तुष्ट भएका छन् ।


आफ्नै मिडिया हाउस भएका कारण गोपीकृष्णले रिलिज हुन लागेको चलचित्र 'मायाको बारीमा' को प्रोमोश्नल क्लिप्स र गीतहरु अन्य मिडियामा बजाउन चासो नदिएपछी सो चलचित्रसंग सम्बन्धीत कलाकार होम पब्लिीसिटीबाट असन्तुष्ट भएका हुन् । यसैक्रममा सो चलचित्रबाट मुख्य नायकको भएर अभिनय गरेका  कलाकार एसराज फिल्मको अडियो गीतहरु बोकेर विभिन्न एफएम स्टेशनहरु धाईरहेको बुझिएको छ  ।

 

एसराज गोपीकृष्ण टिभी फिल्मीका भिजे पनि हुन् । जो सुटिङ सुरु हुन लाग्दा  अन्तिम समयमा आएर 'मायाको बारीमा' मा अनुबन्धीत भएका थिए जहाँ केकी अधिकारीसंग अनस्क्रिन  उनले भरपुर रोमान्स गर्ने मौका पाएका छन् । एसराज सो चलचित्रमा अनुबन्धीत हुनु अघि हरिवंश आचार्यका छोरा मोहित आचार्य अनुबन्धित भएका थिए तर अन्तिम समयमा आएर मोहितको आमाको निधन भएपछि एसराज सो चलचित्रमा अनुबन्धित भएका हुन् ।


 

यस अघि एसराजले स्वर र भिडियो फिल्म 'त्यो दश घण्टा' मा अभिनय गरेका थिए ।  उनले अभिनय गरेका अन्य दुई फिल्म माई लाइफ र सन्त्रास रिलिजको क्रममा छन् । त्यसैगरी  एसराज मात्र हैन मायाको बारीमा अभिनय गरेका अन्य कलाकार एवं टेक्निसियन पनि गोपीकृष्णको सेल्फ पब्लिीसीटीबाट असन्तुष्ट रहेको बुझिएको छ । चलचित्रमा करिश्मा मानन्धर र राजेश हमाल पनि मुख्य भूमिकामा छन् ।


देशकै ठूलो ब्यानर भनी प्रचार गरिएको गोपीकृष्णले बर्षेनी दुई देखि तीनवटा चलचित्र बनाईरहेको हुन्छ जस अनुरुप आफ्नै सिनेमा हल र मिडिया हाउस भएपछी होम प्रोडक्सनका फिल्महरुको प्रोमोशन अन्य मिडियामा नगर्ने रणनीति उसले तयार गरेको हो । तर  ती सिनेमाहरुको पब्लिीसिटी अन्य मिडियामा नभईदिदा सो ब्यानरसंग सम्बन्धीत चलचित्रकर्मी छायाँमा परिरहेका छन् । जुन छायाँमा गत बर्ष रिलिज भएका दुई चलचित्र खुशी र प्रितीको फूलका चलचित्रकर्मी पनि परेका थिए ।