मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई मन पर्‍योको दश प्रतिशत शेयर बहिरा संघलाई

फिल्मीखबर, काठमाण्डौ, 2011/11/18

बोल्न नसक्ने पात्रमा आधारित हुँदै चलचित्र 'मलाई मन पर्‍यो' निर्माण गरेका निर्माता रमेशजंग रायमाझीले राजधानीका सिनेमा हलबाट आफ्नो भागमा आउने रमकमको दश प्रतिशत शेयर नेपाल बहिरा संघलाई दिने निर्णय गरेका छन् ।


शुक्रबार नेपाल बहिरा संघको कार्यालय गैर्‍हीधारा पुगी रायमाझीले शेयरका लागि दुई पक्ष सहमतिमा हस्ताक्षर गरेका हुन । जुन सहमति अनुसार बैहिरा संघका सदस्यहरुले राजधानीका विभिन्न हलमा गएर दर्शक संख्या बढाउनु पर्ने छ । जसको रिटन शेयर हिसाव किताव क्लियर हुने वित्तिकै निर्माता रायमाझीले संघलाई उपल्ब्ध गराउने  छन् । 

 

चलचित्रको पहिलो हाफमा पाँच बर्षको उमेर हुँदा हिरो जीवन लुईटेलले दुर्घटना परी अवाज गुमाएका हुन्छन् भने दोस्रो हाफमा घाँटीमा गोली लाग्दा निरुता सिहंले आफ्नो आवाज गुमाएकी हुन्छिन् । कथामा ट्वीष्ट हुँदा फिल्मको दोस्रो भागमा जिवन पुन बोल्न सक्ने हुन्छन र  निरुता सधैका लागि बोल्न नसक्ने अवस्थामा पुगेकी हुन्छिन् । तर दुर्घटनाका कारण अवाज गुमेकाले ती दुई पात्र सुन्न भने सक्छन् । यसरी आफ्नो चलचित्रमा बोल्न नसक्ने पात्रलाई प्रस्तुत गरिएको कारणले  पनि निर्माता रायमाझीले बहिरा संघ समक्ष सहयोगको हात अगाडी बढाएका हुन् ।
 

यस्तै दश प्रतिशत शेयर पाउने भएपछी बहिरा संघको तर्फबाट भोलि शनिबार देखि फिल्म नउत्रिउन्जेल सम्म  राजधानीका गोपीकृष्ण, अष्टनारायण, कलंकी, गुण, हिरारत्न लगायत सिनेमा घरमा संघका सदस्यहरु फिल्म हेर्न आफू निकट दर्शक लिएर सिनेमा घर जाने छन् भने स्थानिय दर्शकलाई फिल्म हेर्न प्रोत्साहन गर्ने छन् । 

 

मलाई मन पर्‍यो आज शुक्रबार देखि देशभरिका करिब तीन दर्जन सिनेमा हलमा प्रदर्शनरत छ । चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । चलचित्रमा राजबल्लभ कोईराला प्रहरीको भूमिकामा छन् ।