मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोमल वली फिल्मकी हिरोईन

फिल्मीखबर, काठमाण्डौ, 2011/11/20

आजको मितिसम्म गन्ने हो भने कोमल वली गायन पेशामा सक्रिय भएको दुई  दशक पुरा भैसकेको  छ । हरेक बर्ष तिज सम्बन्धी उट्पट्याङ गित निकालेर चर्चा कमाउने गायिका वली अब फिल्मकी हिरोईन समेत हुने भएकी छिन् । 

 
 
एम.एस अग्रजले निर्देशन गर्न लागेको तेस्रो चलचित्र 'दब्दबा' निर्माण गर्ने सम्बन्धमा आज रिपोर्टस क्लबमा  आयोजित प्रेस मिटमा वलीले बिशेष भूमिका निर्वाह गर्न लागेको  जानकारी दिईएको हो । तर ब्यस्तताका बाबुजुत कोमल कार्यक्रममा उपस्थित भएकी थिईनन् । पर्सि मंगलबारदेखि छायाकंनमा जाने तयारी रहेको  सो चलचित्रमा वलीले  एउटा गीत पनि गाएकी छिन् । तर फिल्ममा कस्तो भूमिका र कति भूमिकामा उनी छिन् भन्ने प्रश्नमा निर्देशक अग्रजले भने, 'उहाँ हट एण्ड स्पाईसी रोलमा हुनुहुन्छ त्यसैले सवै कुरा अहिले नै खोलि नहालौ ।'  
 
 
यस्तै फिल्मीखबरसंग फोनमा कुरा गर्दै वलीले हषिर्त मुद्रामा भनिन्, 'सुरूमा उहाँहरूले गीत गाउन मलाई बोलाउनु भयो र त्यसको भोलिपल्ट सिटिङका लागि पुनः डाकेर  अभिनय गर्ने प्रस्ताव गर्नु भयो जुन मैले तुरून्त स्वीकार गरिदिए ।'  यस्तै नारीलाई आफ्नो गीतको लयमा  अटाएर  बजार तताउने  वलीले जिवनमा एक पटक अविवाहित नारी सम्बन्धी फिल्म बनाउने धोको भएकाले फल्मी अनुभव लिन उक्त चलचित्रमा अभिनय गर्न लागेको बताईन् । 'म जस्तै अविवाहित नारीहरूले समाजबाट भोग्नु परेको पिडाको विषयमा फिल्म बनाउने सोच छ जुन म पूरा गरि छाड्ने छु',  उनले भावी फिल्मी योजना बताईन् । 
 
कोमल वलीलाई लिएर प्रोमोशनको नयाँ फण्डा बनाएको सो चलचित्र साइको क्राईम थ्रिलरमा आधारित हुने बताईएको छ । जहाँ  कानुनको विरूद्धमा पनि आवाज उठाएका प्रसंगहरू समेटिने निर्देशक अग्रजले जानकारी दिए । कलर मुभिको प्रस्तुती रहने उक्त चलचित्र यथार्थ घटनामा आधारित रहेको र फिल्म पनि सोही अनुरूप खिचिने कार्यक्रममा  बताईयो । जहाँ गणेश उप्रेती, रश्मी भट्ट, विशाल पोखरेल तथा नवप्रस्तुतीमा आरजु अधिकारी र विश्व उल्टो र्साईकल यात्री विरेश दाहालले पनि अभिनय गर्दैछन् ।
 
चलचित्रलाई रत्नप्रसाद श्रेष्ठ, कल्यान दाहाल र शम्भु थापाले मिलेर निर्माण गर्न लागेका हुन् । चलचित्रमा राजिव मानन्धरले डेब्यू फिल्मको रूपमा छायाकंनको जिम्मेवारी पाएका छन् भने द्धन्द तर्फ देव महर्जन र नृत्य निर्देशकको रूपमा सुरेश चौधरी अनुबन्धीत भएका छन् ।