चलचित्र पत्रकार संघले आफ्नो पाँचौ शाखा स्वरुप सर्लाही-महोत्तरी शाखा गठन गरेको छ ।
संघका केन्द्रिय संगठन उपाध्यक्ष प्रदिप निरौला तथा केन्द्रिय कोषाध्यक्ष सुमन दाहालको उपस्थितीमा सर्लाही र महोत्तरीमा क्रियाशिल चलचित्र पत्रकारहरुको गत शुक्रबार सर्लाहीको हरिवनमा सम्पन्न भेलाबाट रेडियो सर्लाहीका स्टेशन संयोजक चन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गर्दै चलचित्र पत्रकार संघ सर्लाही-महोत्तरी शाखा गठन गरिएको हो ।
संघको विभिन्न जिल्लामा शाखा विस्तार गर्ने उद्देश्य अनुरुप गठित संघको सर्लाही-महोत्तरी शाखा उपाध्यक्षमा सामुदायिक रेडियो दर्पणका भोजराज कोईराला, सचिवमा रेडियो सर्लाहीका प्रस्तोता तथा सर्लाही दर्पणका संम्वाददाता प्रदिप कार्की, कोषाध्यक्षमा रेडियो एकताकी संचिता बुढाथोकी रहेका छन् । त्यसैगरी कार्यसमितीको सदस्यहरुमा रेडियो सर्लाही दर्पणका कार्यकारी सम्पादक घनश्याम बलम्पाकी, मनोज बख्ररेल, निशा सिग्देल, रामपुजन शाह, सुनिता बराल, मनिष कार्की र सुरेश बिडारी रहेका छन् ।
भेला सर्लाहीका स्थानीय विकास अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष रोशन न्यौपाने, सञ्चारकर्मीहरु चूडामणि वाग्ले, शंकर श्रेष्ठ, कृष्ण एस्माली, रामबाबु खड्का तथा राजनीतिक नेताहरु डिल्ली उप्रेती, रेवती पन्त, सहदेव थापा लगायत सहभागी थिए । संघले आगामी दिनमा मोफसलका अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।