मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

कहिले सुध्रिने रेखा ?

फिल्मीखबर, काठमाण्डौ, 2011/11/21

'लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ चार बल्ड्याङ' भन्ने उखान पछिल्लो समय नम्बर वान नायिकाको ट्याग पाएकी रेखा थापामा ज्यादै लागु भएको पाईन्छ । उनी राम्रो अभिनय गर्ने मात्र हैन निकै बाठि नायिकाको रूपमा समेत चिनिन्छिन् । उनले आफ्नो अभिनयमा पृथकता दिन त खोज्छिन् तर कहिले काहिं चिप्लिन्छिन् ।

 

रेखाको यो प्रसङ्ग दिवाकर भट्टराईले डेब्यू फिल्मको रुपमा निर्देशन गरिरहेको चलचित्र 'मेरो जीवन साथी' को हो । उनले मुख्य भुमिका निर्वाह गरेको सो चलचित्रको अहिले राजधानीमा धमाधम छायाँकन भईरहेको छ । सो चलचित्रमा उनी गाउँले युवतीको चरित्रमा देखिंदै छिन् । रेखाले दैविक शक्ति भन्दै हातका आधिकाशं औलामा औठी लगाउदा गाउले युवतीको भुमिकामा उनले न्याय नगरेको हो कि भन्ने भान पनि हुन्छ । भगवान प्रति आस्था नराख्नु भन्ने फिल्मीखबरको भनाई हैन तर रिल र रियल लाईफमा समेत प्रयोग गर्ने औठीहरु उनी अभिनित हरेक सिनेमामा देखिदा त्यो जति पिडा चलचित्र बुझेका पत्रकारलाई भन्दा अरुलाई ज्यादा नहोला ।

 

रेखा जस्तै अन्य कलाकारहरुले पनि हरेक सिनेमामा एउटै औंठी लगाएको देखिन्छ तर रेखा अलि बढि चर्चामा रहेकाले यहाँ उनै चर्चा गरिएको हो  आफूलाई परिवर्तनशिल भन्ने रेखाले हरेक फिल्ममा लुक्स परिवर्तन गरे पनि औठी भने परिवर्तन गर्न नजानेको देखिन्छ । संगैको तस्बिर चलचित्र 'मेरो जीवन साथी' को हो जहाँ उनी मुखियाको भूमिकामा प्रस्तुत भए जस्तो देखिन्छ । तस्बिरमा ध्यान दिएर हेर्नुस उनी पूर्णरुपमा पुरुषको पहिरनमा देखिएकी छिन् ।

 

यो त एउटा पछिल्लो उदाहरण मात्र हो । रेखाले जति फिल्ममा अभिनय गर्छिन् ती सवै फिल्ममा उनको औठी कस्तो छ भन्ने कुरालाई सायद दर्शकले पनि याद गरिसकेका होलान् ।  रेखा बाहेक महानायक राजेश हमालले पनि घाटीको आठ सुते कालो धागो  कहिलै फुकालेको देखिदैनन । चाहे उनी गरिव पात्रको भूमिकामा प्रस्तुत हुन वा धनी पात्र । पशुपति नाथको प्रसाद भन्दै हमालले त्यो धागोलाई कुनै पनि फिल्ममा फुकाल्ने गरेका छैनन् ।  जुन कमजोरी हमालको मात्र हैन उनलाई अभिनय गराउने निर्देशकहरूको पनि हो ।