मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अंकल भजितीको नाटकिय बिहे

फिल्मीखबर, काठमाण्डौ, 2011/11/21

रिलिज हुन लागेको चलचित्र 'प्लान' बाट हिरोईनमा डेब्यू गरेकी द्धन्द निर्देशक राजेन्द्र खड्गीको छोरी रागिनी खड्गी आज निकै तनावमा थिईन् । कारण दुलहीको पहिरनमा अंकल भनेर सम्बोधन गर्ने जयकिसन बस्नेतसंग उनले स्वयम्बर गर्दै थिईन् त्यो पनि थुप्रै चलचित्रकर्मी र संचारकर्मीको बीचमा ।

राजेन्द्र खड्गीसंग निकै नजिक रहेका  निर्देशक शोभित बस्नेत रागिनीलाई छोरी भनेर सम्बोधन गर्छन् र उनको भाई जयकिसन पनि उनलाई सोही रुपले सम्बोधन गर्छन् ।  तर आज भएको एक समारोहमा यि दुई बाबु छोरी दुलाहा र दुलही भएर देखिए । सन्दर्भ थियो शोभितले निर्देशन गर्न लागेको चौविसौ चलचित्र 'दुलही रानी' को शुभ मुहूर्त समारोहको जहाँ रागिनी दुलही भएर अभिनय गर्दैछिन् भने उनका दुलाहा जयकिसन बस्नेत हुँदैछन् ।

 

रागिनी पूर्ण रुपमा दुलहीको पहिरनमा थिईन् भने जयकिसन साधारण पहिरनमा । संचारकर्मी विदुर गिरी, शान्ति प्रिय तथा कलाकार सुनिल थापा र अशोक शर्माले फिल्मको शुभ साईत गरे लगत्तै रागिनी केही साथीको साथमा मंचमा नाच्दै आईन् र जय किसनलाई दुवोको माला लगाईदिईन् । त्यतिबेला उनी निकै नर्भस भएकी थिईन् । फिल्मीखबरसंग कुरा गर्दै उनले भनिन्, 'अंकल भनेर सम्बोधन गरिरहन्थे आज स्वयम्बर हुँदा निकै अप्ठयारो लाग्यो । तर पनि कलाकार भएकाले यस्तो कुरालाई मैले सहज रूपमा लिन बाध्य भएँ ।'

रियल लाईफमा काका भतिजीको साईनो बनाएका रागिनी र जयकिसन पारिवारिक हास्य शैलीको उक्त चलचित्रको प्रमुख पात्र हुन् । भाईलाई नै किन मुख्य भूमिकामा राखियो भन्ने प्रश्न संचारकर्मीबाट आउनु अघि नै सोभितले नाताबादको आरोपबाट आफूलाई बचाऊ गर्दै भने, 'जतिसुकै मन मुटाव भएपनि जयकिसनलाई यो फिल्ममा लिएको हुँ तर भाईको नाताले हैन । किन कि हास्य शैलीको यो चलचित्रमा जयकिसन बाहेक मैले फिट हुने अरु कलाकार देखिन ।'

 

जयकिसन र सोभित बीच पछिल्लो समय एकले अर्कालाई आफ्नो फिल्ममा अनुबन्धीत नगरेको कारण मनमुटाव चरम विन्दुमा पुगेको थियो । यस्तै सो चलचित्रमा पछिल्लो समय लोकप्रिय हुँदै गएका नायक मुकेश आचार्य र मौसमी मल्ल पनि मुख्य भूमिकामा छिन् । मौसमीले २३ बर्षे  फिल्मी करिअरमा पहिलो पटक सोभित बस्नेतसंग  काम गर्न लागेकी हुन । यस्तै चलचित्रमा दिनेश शर्मा, मोहन निरौला, उमेश मायालु र नव प्रस्तुतीमा जिके  शर्मा, रुपेश न्यौपाने, पेसला कटुवाल र सविना कार्कीले पनि अभिनय गर्दैछन् ।

 

यस्तै पछिल्लो समय शोभित बस्नेतको क्याम्पमा अभिनय गरिरहेका धिरेन शाक्य पनि दुलही रानीमा विशेष भूमिकामा रहने बताईएको छ । छोरा सलोनलाई समेत अभिनय गराईसकेका सोभितले यसपटक देखि छोरी सलिनालाई पनि चलचित्र उधोगमा भित्र्याउँदै प्रस्तुकर्ताको रुपमा अगाडी सारेका छन् । मंसिरको दोस्रो साता देखि सुदुर पश्चिमका विभिन्न स्थानमा छायाकंन हुने बताईएको सो चलचित्रमा राजेन्द्र खड्गी द्धन्द निर्देशकको रुपमा अनुबन्धीत भएका छन् भने संगीतमा मनोहर सुनाम र छायाकंन तर्फ  गणेश कुमार श्रेष्ठ अनुबन्धीत भएका छन् ।