मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिल पत्नी भेट्न गएका थिए हमाल

फिल्मीखबर, काठमाण्डौ, 2011/11/23

प्रदीप श्रेष्ठको नयाँ चलचित्र 'मेरो मनको साथी' को सुटिङ भक्तपुरमा भैरहेका बेला मंगलबार साँझ राजेश हमाललाई निखिल उप्रेतीको  पर्सनल हेयर ड्रेसर राम ठाकुरले भने, 'निखिल जीको घर पनि यतै हो भाउजूले तपाईलाई भेट्न खोजिरहनु भएको छ ।'  पछिल्लो समय राजेशको पर्सनल हेयर ड्रेसर भएर काम गरिरहेका ठाकुरको सो कुरा सुन्नसाथ राजेशले अकस्मात सुटिङ प्याकअप गरे र ठिमी स्थित बालकुमारी कोलोनीमा रहेको निखिलको घरको मुल ढोका ढक्ढक्याए । 

 
ढोका अगाडी महानायकलाई अकस्मात देख्दा निखिल पत्नी कोपिला तीन छक्क परिन् । कुनै समय एक एफएम स्टेशनमा आरजे हुदा राजेशसंग थुप्रै पटक लाईभ अर्न्तवार्ता लिएकी  निखिल पत्नीले लामो समयपछी हमाललाई आफ्नै घरमा भेटिन् त्यो पनि  साँझको पाहुना सरह । राजेश मंगलबार साँझ ६ बजेको समयमा निखिल निवास पुगेका थिए जहाँ उनले कोपिला र निखिलको पछिल्लो बैबाहिक अवस्थाको बारेमा करिब सवा घण्टा जानकारी लिएका थिए । यस्तै हमालले मंगलबार नै मुर्म्बईबाट नेपाल आएका निखिलसंग फोनबार्ता पनि गरेका थिए । 
 
 
निखिलसंग लामो फोन बार्ता गरेका हमालले भुवन केसीको छोरीको बिहेको रिसेप्सन पार्टीमा  फिल्मीखबर समक्ष  सो कुरालाई अर्के तरिकाले ब्यक्त गरेका थिए । उनले सवै कुरा थाहा पाएर पनि बनावटी जिज्ञासा राख्दै भनेका थिए, 'निखिल जि पनि आउनु भएको रहेछ है उहाँ हरिबंशजीको स्टूडियोमा सुटिङमा ब्यस्त हुनुहुन्छ रे !'  फिल्मीखबरले आश्चार्य व्यक्त गर्दा उनले फेरी भने, 'मैले त त्यस्तै सुने एक पटक आफै बुझनु  न ।' 
 
रिसेप्सन पार्टीमा  सहभागी हुनु अघि हमाल निखिल निवासबाट सिधै घर गएका थिए र ड्रेस चेन्ज गरी रिसेप्सन समारोहमा सहभागीता जनाउन साढे आठ बजे  भुवन निवास पुगेका थिए । यस्तै राजेशले निखिलसंग दाम्पत्य जिवनको बारेमा  निकै बेर फोनमा कुरा पनि गरेका थिए जसअनुरूप आफ्ना पछिल्ला गतिविधिका बारेमा कफि पिएरै भलाकुसारी गर्ने फोन बाचा निखिलले राजेशसंग गरेको महानायकका सेक्रेटरी चिरञ्जीवी आचार्यले जानकारी दिए । 
 
 
त्यहाँ बसुन्जेल  हमालले निखिलका छोरा ब्रबिनलाई काखमा राखेर खेलाएका थिए भने महानायले देखाएको सो  मायाको बदलामा ब्रबिनले हमाललाई धेरै पटक गालामा किस गरिदिएका थिए । यस्तै करिब दश मिनेट जति हमाल र निखिल पुत्रले फुटवल पनि खेलेका थिए । करिब डेढ घण्टे भलाकुसारीमा हमालले केही घुट्की पेप्सी पनि पिएको सहयोगी आचार्य बताउछन् । 
 
२५ वटा घर रहेको सो कोलोनीमा महानायकको उपस्थितीले माहोल तिहार जस्तै रमाईलो  भएको थियो । कोलोनिमा फ्यानहरूले छतबाट समेत हमाललाई नियालिएका थिए भने उनीसंग अटोग्राफ लिनेहरूको ठूलो भीड आफ्नो निवासमा लागेको हषिर्त हुदै कोपिलाले फिल्मीखबरको जिज्ञासामा भनिन् । राजेशजीलाई देख्दा कोलोनीका मानिसहरूले टिभीमा देखेको भन्दा योङ रहेको  प्रतिक्रिया दिएको बताईन् । 
 
सुमन दाहालको चलचित्र योमनको सुटिङ छ महिना पर धकेलिएपछी निखिल आर.वि.के. शरदको नयाँ  फिल्म खेल्न नेपाल आएका हुन् । उनी करिब २५ दिन नेपाल बस्ने बताईएको छ । यस्तै हिजो काठमाण्डूको सुटिङमा ब्यस्त रहेका निखिल सोही फिल्मको बाकी छायाकंनका  लागि बुधबार बिहान पोखरा गएका छन् ।