गत साताको बाल अवस्थाको तस्बिर संगीतकार शम्भुजित बाँस्कोटाको हो भनी मिलाउनु हुने सम्पूर्ण पाठकहरुलाई धन्यवाद । तस्बिर चिनेको खण्डमा एक जनालाई पुरस्कृत गरिने फिल्मीखबरको बाचा अनुरुप विष्णु ढुङ्गाना गोला प्रथाद्धारा विजयी हुन सफल हुनु भएको छ ।
विजयी प्रतियोगीले एक साता भित्र फिल्मीखबरको अफिसियल ईमेल [email protected] मा सम्पर्क गरी पोखरा लेकसाईडमा रहेको हिमालयन गेष्ट हाउस को तर्फबाट प्राप्त सुविधा कुपन संकलन गर्न सक्नु हुने छ । त्यसैगरी आजको तस्बिर मिलाउनुस् र फिल्मीखबरको तर्फबाट दिईने स्पेशल गिफ्ट ह्याम्पर जित्नुस् ।
फरिया चोली लगाएकी यि बाल हिरोइन को हुन् ? तस्बिर चिन्न सजिलोको लागि उनी एक छोरीकी आमा पनि हुन् । यो अंकको तस्बिरमा रहेको सेलिब्रेटीको नाम मिलाउने एक विजयी प्रतियोगीको नाम आउदो शनिबार सार्वजनिक गरिने छ ।
आफूलाई लागेको सहि उत्तर पठाउनका लागि तलको कमेन्ट बक्समा जानु होला र उत्तरको साथमा आफ्नो सहि नाम, ठेगाना र इमेल लेखि पठाउनु होला !