मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिनाको मन बहलाउन रोशनको प्रयास

फिल्मीखबर, काठमाण्डौ, 2011/11/27

दुई साता अघि एक पत्रिकामा चरित्रमा प्रश्न उठाउने प्रकृतिको खबर छापिएपछी मानसिक तनाव झेलेकी हिरोईन सुमिना घिमिरेको मन बहलाउने प्रयास उनका निर्देशक रोशन हमालले गरेका छन् ।


केही दिन अघि विवादित समाचार छापेको पत्रिकाले उनको खण्डन सहित अन्र्तवार्ता राखिदिएपछी राहत महुसस गर्दै आवेशमा घोषणा गरेको सन्यास समेत फिर्ता लिईसकेकी सुमिनाले चलचित्र क्षेत्रमा आफ्नो सक्रियता जारी रहने अठोट ब्यक्त गरिसकेकी छिन् । जस अनुरुप हिजो शनिबार साँझ उनीसंगै  विवादमा मुछिएका निर्देशक रोशन हमालको नेतृत्वमा हिरो मुकेश आचार्य र कल्पना शाहीसंग उनले सिटी सेन्टरमा फिल्म हेर्दै मन बहलाउने प्रयास गरिन् । चार जनाको टोली मध्ये कल्पना रंग भन्ने चलचित्रमा खेलेकी छैनन् ।


सिटी सेन्टर स्थित खचाखच विग सिनेमामा उनीहरुले पपकर्न  र कफि खाँदै स्क्रिनको बाँया लवीमा बसेर देशी ब्याईज भन्ने हिन्दी फिल्म हेरेका थिए । सुमिना र कल्पनाले आधा घण्टामात्र फिल्म हेरेका थिए भने रोशन र मुकेशले पहिलो हाफ सम्म फिल्म हेरि निस्किएका थिए । सिनेमाको टिकट रोशनले काटेको बुझिएको छ ।