मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मको कथा देशी ब्वाइजमा

फिल्मीखबर, काठमाण्डौ, 2011/11/28

नेपाली फिल्म मेकरहरूलाई लाग्ने गरेको आरोप उल्टिदै गत शुक्रबार देखि रिलिज भएको हिन्दी चलचित्र 'देशी ब्वाइज' को कथा  डेढ बर्षअघि रिलिज भएको उकेश दाहाल निर्देशित नेपाली चलचित्र 'पलपलमा' संग मेल खाएको छ । 

 

आर्थिक समस्याबाट गुज्रिएका दुई हिरो रमित ढुङगाना र दीलिप रायमाझीले सजिलै गरी पैसा कमाउन बन्नु परेको पुरूष यौनकर्मीको कथालाई मोडिफाई गर्दै देशी ब्वाइज निर्माण गरिएको हो । यस्तै सिने जर्नलिष्ट दिनेश सिटौलाका अनुसार  देशी ब्वाइजको कथा पूर्ण  रूपमा पलपलमा संग नमिले पनि भाव उस्तै देखिएकाले देशी ब्वाईज नेपाली सिनेमासंग प्रभावित भएको भन्न मिल्ने उनी बताउँछन् । पलपलमामा जागिर नपाएपछी यौन पेशामा लाग्न बाध्य भएका पुरूषहरूको कथा छ भने देश ब्वाइजमा पनि  बैङकका जागिरे अक्षय कुमारको जागिर चैट हुन्छ र आर्थिक समास्याबाट बाहिर उम्कन उनी यौनकर्मी बन्छन् ।

 
 
यौनकर्मी बन्न अक्षले जोन अब्राहमको साथ माग्छन् । तर जोन सुरूमा मान्दैनन् र पछी उनी पनि पुरूष यौनकर्मी बन्छन् । जुन कथा 'पलपलमा' मा पनि छ । पलपलमाको मेकिङ २०६४ माघ १५ गतेबाट सुरू गरिएको थियो भने सेन्सर ०६६ असार ८ गते गरिएको थियो र रिलिज २०६७ भदौ २५ गते भएको थियो । 
 
 
नेपाली फिल्म हेरेर देशी ब्वाइज निर्माण गरिएको हो वा हैन त्यो देशी ब्वाइजका निर्माता निर्देशक नै जानुन् तर पलपलमाको कथाको कन्सेप्टसंग देशीब्वाइज ७५ प्रतिशत मिलेको छ ।