मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कञ्चनपुर महोत्सवमा शोभितलाई सास्ती

फिल्मीखबर, कञ्चनपुर, 2011/11/28

चौविसौं चलचित्र 'दुलही रानी' को छायाकंनका लागि सुदुर पश्चिमको लोकेशन  रोजेका निर्देशक शोभित बस्नेतले सुटिङको विषयलाई  लिएर फिल्मी करिअरमै सायद यसरी तनाव झेल्नु परेको थिएन होला जसरी उनले कञ्चनपुर महोत्सवमा आयोजकहरुबाट नसोचेको तनाव झेल्नु पर्‍यो  ।

 

केही दिन अघि देखि जारी कञ्चनपुर महोत्सव टार्गेट गर्दै देउडा गीतको छायाकंनका लागि महोत्सवमा आईपुगेका बस्नेतलाई आयोजकले आधा गीतको छायाकंन सकिनै नपाई सुटिङ गर्न अबरोध पुर्‍यायो । जस  अनुरुप आयोजकसंग शोभितको एक घण्टा जति ठूलै डिस्कस पनि पर्‍यो । आफै कोरियोग्राफर भएर उनले देउडा गितको छायाकंन हजारौ क्राउडको उपस्थितिमा गर्ने सोचाई बनाएका थिए जुन सोचाई केहि हद सम्म सफल त भयो तर मेला भर्न आएका दर्शकले त्यहाँको रोटे पिङ लगायत रमाईलो गर्ने अन्य चिजमा ध्यान नदिदा आर्थिक संकलनमा बाधा पुगेको भन्दै आयोजकले  छायाकंन बीचमै रोकिदियो । 

 

मंसिर दुई गते देखि सुरु महोत्सवमा शोभित बस्नेत लगायतका कलाकारको उपस्थिति हुने भन्दै आयोजकले विज्ञापन गरेर महोत्सवको आकर्षण बढाएको थियो । तर आकर्षण बढाएको चिजले आफ्नो बिजनेसमा धक्का पुर्‍याएपछि दुलही रानीको सुटिङ बीचमै रोकिदा सोही विषयले महोत्सव तनाव ग्रस्त भएको हो ।

 

बाँकि आधा गीतको छायाकंन गर्न नदिएपछी मारमा परेका शोभितलाई आयोजकले मञ्चमा गएर दर्शकलाई सम्बोधन गर्न आग्रह गरे तर सुटिङ गर्न नदिएको बिषयले उनी बोल्न चाहेनन् जस अनुरुप अन्तत: आयोजकले दुलही रानीको बाकी छायाकंन सोही महोत्सवमा पुरा गर्ने बाचा ब्यक्त गरेपछी  शोभितले महोत्सवलाई सम्बोधन गरेका थिए ।

 

यस्तै हजारौ क्राउडले सुटिङ यूनिटलाई घेरेपछी एसएसपी सुदीप आचार्यले करिब दुई दर्जन प्रहरी खटाई दिए पश्चात शोभितले एक दिनको छायाकंन दुई दिन लगाएर पुरा गरेका थिए । दुलही रानीमा रागिनी खड्गी मुख्य भूमिकामा छिन् ।  अहिले सो चलचित्रको  छायाकंन कञ्चनपुरका विभिन्न रमणीय स्थलमा भैरहेको छ । यूनिट भारतको नैनीतालसम्म छायाकंनका लागि जाने बताईएको छ ।


यस्तै एक साता अघि फिल्मीखबरमा प्रकाशित समाचार सिक्किमा नेपाली चलचित्र प्रतिबन्ध को विषयमा निर्देशक बस्नतेले आफ्नो ध्यानकर्षण भएको जनाएका छन् । उनले त्यस विषयमा आफू निर्दोष भएको बताएका छन् । लभ इन सिक्किमको सुटिङका बेला सिक्किमको एक गेस्ट हाउसमा ४० हजार रकम तिर्न बाँकी नरहेको भन्दै उनले सिक्किममा आफ्नो कारणले नेपाली चलचित्रको सुटिङमा अवरोध नआउने बताए । उनले भने, 'म आफैं पनि चलचित्र प्लानको सुटिङका लागि त्यहाँ पुगेको थिएँ र अब केहि दिनमा प्लानको अडियो बिमोचन गर्न सिक्किम जाँदैछु ।'