आउदो शुक्रबार देखि प्रदर्शनमा आउने भनिएको बाबुराम ढकाल निर्देशित चलचित्र 'पर्खिराख है' राजधानीका हलमा एक साता पर सरेको छ ।
वितरक सुनिल मानन्धरको आग्रहमा 'पर्खिराख है' को यूनिटले फिल्मलाई मंसिर २३ गते मात्र रिलिज गर्ने भएको हो । तर उपत्यका बाहिरका हलमा भने सो चलचित्र मंसिर १६ गते नै लाग्नेछ । वितरक मानन्धरका अनुसार १६ गते बाटुली पनि रिलिज हुने भएपछि इनिसियल बिजनेसमा धक्का पुग्ने भन्दै 'पर्खिराख है' लाई राजधानीमा एक साता पर सारिएको हो ।
जस अनुरूप दुई बर्ष अघि राजधानी बाहिर रिलिज भएको बाटुली आउदो शुक्रबारदेखि राजधानीका अधिकाशं थिएटरमा रिलिज हुदैछ । सोह्र गतेको डेटबाट पर्खिराख है पछी सरेकाले सम्भवत आउदो शुक्रबार फ्रेस सिनेमाको रूपमा बाटुली एकल प्रदर्शन हुनेछ । दिल श्रेष्ठको निर्माणमा बनेको उक्त सिनेमामा मेलिना मानन्धर, सचिता लुइटेल र मुकेश ढकालको साथमा निर्माता श्रेष्ठ पनि नायकको रूपमा प्रस्तुत भएका छन् ।
बाटुली र पर्खिराख है दुवै फिल्मको वितरण जिम्मा मानन्धरले लिएकाले उनको आग्रह र योजनामा निर्माता श्रेष्ठले फिल्मलाई २३ गते प्रदर्शन गर्ने सहमति गरेका हुन् ।