मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमनको पनि चार लाख रे !

फिल्मीखबर, काठमाण्डौ, 2011/11/29

करिब आठ बर्ष अघि दुःख भन्ने चलचित्रमा सानो भूमिका र त्यसपछी तुलसी घिमिरेको चलचित्र दुई किनाराबाट रतजतपटमा सक्रिय भएका अभिनेता सुमन सिंहले आफ्नो रेट चार लाख पुर्‍याएका छन्  ।


सुमन निकट एक चलचित्रकर्मीका अनुसार चार लाखमा कुरा नमिल्दा केही दिन अघि उनले एक प्रोजेक्ट रिजेक्ट गरिदिएका थिए । तर यस विषयमा सुमनसंग प्रतिक्रिया लिन खोज्दा उनले  नेपाली कलाकारिता क्षेत्रको भबिष्य एकनासको नभएको भन्दै चार लाख रेटको बारेमा प्रतिक्रिया दिन चाहेनन् । यस्तै उनले खबरहरूलाई काट्दै आफूले कुनै पनि चलचित्र रिजेक्ट नगरेको प्रतिक्रिया पनि दिएका छन् । तर उनीसंग उठबस गर्ने एक चलचित्रकर्मीले पारिश्रमिककै बिषयमा कुरा नमिल्दा सुमनले फिल्म छाडेको दावी गरेका छन् ।

 

सुमन अहिले दुई प्रोजेक्ट ब्ल्याकमेल र 'ॐ' मा ब्यस्त छन् । हाल सम्म करिब ४५ वटा चलचित्र खेलिसकेका सुमनले एक दशक अघि टेलिचित्र क्याटमाण्डूमा अभिनय सुरू गर्दा प्रति एपिसोड एक हजार रूपैया पारिश्रमिक लिन्थे । यस्तै समयको परिवर्तनसंगै महंगा बनेका सुमनले रोज राणाको अपकमिङ प्रोजेक्ट ग्याङस्टार, निर्माणाधिन चलचित्र ब्ल्याकमेल र भर्खरै छायाँकन सकिएको चलचित्र रंगमा पनि चार लाखमा साईन गरेको बुझिएको छ ।

यस्तै रेटको तुलना गर्दा  दीपेन्द के. खनालको प्रोजेक्ट काठमाण्डू नाईटमा ६ लाखमा अनुबन्धीत भएको भनिएका आर्यन सिग्देलको रेट प्रोड्यूसर अमेरिकाको डिभी लट्रीसंगै हराएका कारण उनको छ लाख कुरामा मात्र सिमित हुने सम्भावना देखिएको छ । त्यस्तै आर्यनसंग ६ लाखमा  कुरा नमिल्दा ब्ल्याकमेलका प्रोड्यूसरले जीवन लुईटेललाई पाँच लाखमा अनुबन्धीत गरेको कुरा सुन्नमा आए पछि अहिले सर्वाधिक महंगा हिरोको रूपमा जीवन अगाडी आएका छन् ।

 

यस्तै अन्दाज फिल्मको सफलतासंगै जीवनले अपकमिङ दुई प्रोजेक्टमा पनि पाँच लाखमा साईन गर्ने तयारी गरिरहेका छन् । यसैगरी सदावहार  अभिनेता राजेश हमालले अतिथि भएर वा पुरै फिल्म खेले पनि उनको रेट ३ देखि साढे तीन लाख रहेको छ ।  त्यसैगरी राजबल्लभ कोईरालाले पनि अढाई देखि तीन लाखको सेरोफेरोमा फिल्म साईन गरिरहेका छन् ।