मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंसिर २२ मा पर्वतिय चलचित्र महोत्सव हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2011/11/29

हिमाल एसोसिएसनको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) हुने भएको छ । मंसिर २२ देखि २६ गते सम्म चल्ने महोत्सवमा पर्वतीय संस्कृति, पर्वतारोहण, जैविक विविधता, मानवअधिकार, पर्यावरण, लैङ्गिकता, बसाइँसराइ, विश्वव्यापीकरण, द्वन्द लगायतका विषयका डकुमेन्ट्री, सर्ट मुभी, एनिमेसन तथा फिक्सन चलचित्र प्रस्तुत गरिंदै छ ।

 

नवौं संस्करण अर्न्तगतको उक्त महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १७, अप्रतिस्पर्धी समूहमा २१ र नेपाल प्यानोरमामा ६ वटा चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवमा सन् १९५० को दशकको नेपाली संगीत र नृत्यसम्बन्धी टोनी हेगनले निर्माण गरेको चलचित्र 'कल्चरल भिन्यात्स अफ नेपाल' को बिशेष प्रदर्सन पनि गरिने आयोजकको भनाई छ ।

 

महोत्सवमा चलचित्रका बारेमा सेमिनारको आयोजना पनि गरिंदै छ । सो सेमिनारमा डेनमार्कका फिल्मकर्मी टोस्टेन भासले 'फिल्म वितरण तथा बजार प्रवर्द्धन' विषयमा आफ्नो धारणा राख्ने छन् । यसैगरी बेलायती फिल्म निर्देशक मुरे केरले पटकथा लेखनसम्बन्धी र फिनल्यान्डका फिल्मकर्मी युहो कस्माननले 'स्थानीय फिल्म कला प्रवर्द्धनमा फिल्म महोत्सवको भूमिका' बारे प्रवचन दिने बताईएको छ ।

 

महोत्सवको निर्णायक मण्डलमा नेपालका सञ्जीव उप्रेती, बेलायतका जोन इनरडेल र फिनल्यान्डका हलेना मेलोनेन रहेका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका उत्कृष्ट तीन चलचित्रले क्रमश: १५ सय, १ हजार र ५ सय अमेरिकी डलर सहित ट्रफि पाउने छन् भने नेपाल पानोरमा अन्तर्गतको उत्कृष्ट चलचित्रले २५ हजार रुपैयाँ पाउने छ । सो रकम भने चलचित्र बिकास बोर्डले उपलब्ध गराउने छ ।