मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोईन तानातानले सुटिङ प्रभावित

अनुप भट्टराई, काठमाण्डौ, 2011/11/30

तीन दिनका लागि भनेर 'दुलही रानी' को छायाकंनका लागि हिरोईन रागिनी खड्गीलाई महेन्द्रनगर बोलाएका सोभित बस्नेतले रागिनीलाई काठमाण्डू फर्कन स्वीकृति नदिएपछी उनी तनावमा परेकी छिन् भने उनले अभिनय गरिरहेको अर्को चलचित्र 'मेरो जीवन साथी' को सुटिङ प्रभावित भएको छ ।


करिब एक महिना अघि देखि छायाकंनरत दिवाकर भट्टराई निर्देशित चलचित्र 'मेरो जीवन साथी' मा सोमबार देखि रागिनीको छायाकंन तालिका तोकिएको थियो तर तीन दिनका लागि भन्दै सोभितले रागिनीलाई महेन्द्रनगरमै झुलाएपछी नवनायिका तनावमा परेकी हुन् । फिल्मीखबरसंग मंगलबार साँझ तनाव मुद्रामा  फोनमा कुरा गर्दै रागिनीले  भनिन्, 'सोभित अंकलले तीन दिनका लागि भनेर बोलाउनु भयो तर आज चार दिन भैसक्दा पनि मलाई उहाँले काठमाण्डू फर्किन दिनु भएको छैन ।'

 

रागिनीले तनावकै कारण दुलही रानीमा सोचेजस्तो अभिनय गर्न नसकेको पनि बताएकी छिन् । दुलही रानीमा उनी शिर्ष भूमिकामा छिन् भने यता मेरो जीवन साथीमा पनि शिर्ष भुमिकामा उनी प्रस्तुत भएकी छिन् । तसर्थ एक दिन कुनै एक चलचित्रको सुटिङ स्पटमा उनको अनुपस्थिति भएको खण्डमा सो फिल्मको सुटिङ अगाडी बढ्न नसक्ने बताईएको छ ।  


पहिलो पटक सुदुर पश्चिमका विभिन्न जिल्लामा छायाकंन गर्न पुगेका शोभितले  दुई गीतको छायाकंन त्यहाँ सक्ने योजना गरेका थिए तर लोकेशनले उनी मन्त्र मुग्ध भएपछी बाकी छायाकंन पनि उतै गर्ने सोच पलाएपछी  उनले रागिनीलाई अड्काएको बताईएको छ । रागिनीलाई रोकॆको विषयमा सोभितले भने, 'सुटिङमा कति बेला के हुन्छ केही कुराको टुङ्गो हुदैन । त्यसैले राम्रो लोकेशन पाएकाले  मैले फिल्मलाई अझ राम्रो बनाउन बाँकि सुटिङ यहि गर्ने निर्णय गरेको छु । तसर्थ म रागिनीलाई काठमाण्डू फर्काउन असमर्थ छु ।'


शोभितकै सिफारिसमा रागिनी 'मेरो जीवन साथी' मा अनुबन्धीत भएकी हुन् ।  तर करिब दश दिनको सुटिङ बाँकि रहदा उनी शोभितको चेपुवामा पर्दै तनाव ग्रष्त भएकी छिन्  । रागिनी गत ९ गते आफ्नो जन्मदिनको केक नकाटी  दुलही रानीको सुटिङका लागि महेन्द्रनगर गएकी थिईन् । यसै क्रममा रागिनीकै कारण सुटिङ स्थगित गर्न बाध्य हुने मुडमा पुगेका 'मेरो जीवन साथी' का निर्देशक दिवकार भट्टराईले रागिनीले आफूलाई धोका दिन नसक्ने बताउँछन् ।

 

कलाकार प्रति बिश्वास राखेका निर्देशक भट्टराई भन्छन्, 'रागिनी मेरो अनुशासित आर्टिस्ट हुन् त्यसैले उनीसंग मात्र हैन उनलाई सिफारिस गर्ने शोभित जी प्रति पनि अझै म विश्वस्त छु  रागिनलाई उहाँले काठमाण्डू फिर्ता गरिदिनु हुन्छ ।' रागिनीको दुलही रानीमा जति राम्रो भूमिका छ त्यो भन्दा स्ट्रङ भूमिका आफ्नो चलचित्रमा रहेको भन्दै दिवाकर भन्छन्, 'ब्यवसायिकता पक्षलाई केलाउदा रागिनी काठमाण्डू नफर्किएको खण्डमा विकल्प कलाकार पनि रोज्न म पछि पर्दिन ।'


विभिन्न विषयमा विवादित बनिरहने निर्देशक शोभित बस्नेतले हिरोईन तानातानको विवाद निकाल्दा उनी सरासर गलत देखिन्छन् । यस्तै उनको कारण भर्खरै उदाउदै गरेकी हिरोईनको करिअरमा धक्का पुग्ने कुरालाई उनले नैतिक रुमपा मनन गर्नै पर्छ किनकी तीन दिनका लागि भनेर बोलाएकी हिरोईनलाई अझै पन्ध्र दिन झुलाईं दिंदा सरासर शोभित गलत देखिएका छन् । ब्यायावसायिक फाईदा भन्दा माथि कहिले काहिं नैतिक ईज्जत हेर्ने मानिस नै बौद्धिक र बुद्धीमानी ठहरिहन्छ ।