मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थ्री लभर्सको श्रीगणेश / ६ लाई ब्रेक

फिल्मीखबर, काठमाण्डौ, 2011/12/01

सञ्चारकर्मीबाट निर्देशक बनेका सुरेश दर्पण पोखरेलले   पाँचौ चलचित्र थ्री लर्भसको औपचारिक घोषणासंगै  ६ नयाँ अनुहारहरूलाई ब्रेक दिदै आजबाट सो  चलचित्रको छायाकंन सुरू गरेका छन् । 

 

काठमाण्डूको अनमानगरमा रहेको नूतन स्टूडियोमा चलचित्रका कलाकार एवं प्राविधिकको जानकारी दिनका लागि बिहिबार विहान  आयोजित कार्यक्रममा निर्देशक पोखरेलले विगतमा बनाएका आफ्ना चलचित्र भन्दा यो चलचित्र पृथक बनाउने भन्दै चलचित्रलाई राम्रो बनाउने प्रतिबद्धता ब्यक्त गरे । यस्तै उनले नयाँ निर्माताहरूलाई मुर्गा  बनाउने प्रथालाई अन्त्य गर्दै प्रोफेशनल रूपमा न्यू मेकरहरूसंग फिल्म बनाउन प्रोत्साहन गर्ने सोचाई अनुरूप थ्री लभर्समा हात हालेको बताए ।
 
थ्री लभर्सलाई बेल्जियममा विगत १५ बर्षदेखि  बस्दै आएका एनआरएन देवु श्रेष्ठ को सक्रियतामा निर्माण गरिएको हो  जो चलचित्रमा थ्री लभर मध्ये एक लभर भएर अभिनय गर्दैछन् । उनले भने, 'अभिनय गर्ने इच्छा सानै देखिको थियो तर आफू अब्बल नभईनजेल यो क्षेत्रमा  आउने कुरा भएन त्यसैले राम्रो स्क्रिप्ट पाएकाले मैले यो क्षेत्रमा लगानी गर्ने इच्छा  गरेको हुँ । '

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
यस्तै देवुसहित चलचित्रमा मोडल पूजा शर्मा, अष्ट्रेलिया मा रहेका एनआरएन  धिरेन्द्र राज थापा, फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरे,  गोपीकृष्ण टिभी फिल्मीले आयोजना गरेको को बन्छ कलाकारमा बालकलाकार तर्फ उत्कृष्ट भएकी कविना थापा र चलचित्रमा ब्याकग्राउण्ड म्यूजिक दिदै आएका राजन इशान संगीतकारको रूपमा डेब्यू गरेका छन् । चलचित्रमा निरज बराल र प्रियंका कार्की लिडरोलमा रहनेछन् ।
 
रोमान्टिक थ्रीलमा आधारित भएर  निर्माण गरिने भनिएको उक्त चलचित्रमा केशव भट्टर्राई र रश्मी भट्ट पनि प्रमुख भूमिकामा खेल्दैछन् भने नायक दीलिप रायमाझी र निशा अधिकारी केमियो भूमिकामा प्रस्तुत हुने छन् । यस अघि लिड रोलमा निशा खेल्ने  बताईएता पनि गडफादर सिमोस सुनुवारले रिलोडेड मिसन पैसामा सेडुल जुध्नेगरी  निशालाई अनुबन्धीत गरेपछी थ्री लभर्समा उनी केमियोमा सिमित भएकी हुन् । 
 
 
थ्री ब्रदर्श क्रियशन बेल्जियमको पहिलो प्रस्तुतीमा सहदेव गौतम र स्टोरी पोखरेल निर्माता रहेको  उक्त चलचित्रमा पुरूषोत्तम प्रधानले क्यामेरा चलाउने छन् भने हिमाल केसीको द्धन्द र पुर्नम राई तथा शंकर विसीले नृत्य निर्देशनको जिम्मा पाएका छन् ।  चलचित्रमा समावेश एक गीतमा बाबु बोगटीले पनि संगीत भरेका छन् भने  कथा शिवंम अधिकारीले लेखक हुन् ।
 
असी लाख बजेट छुर्ट्टाईएको उक्त चलचित्रको  ९० प्रतिशत छायाकंन काठमाण्डूमै हुने  छ भने बाकी बेल्जियममा हुने निर्देशक पोखरेलले जानकारी गराए । चलचित्रको छायाकंन ४५ दिनमा सक्ने यूनिटको योजना छ । सुरेशका अनुसार क्वालिटीलाई मध्यनजर गर्दै हरेक बर्ष एउटा चलचित्र निर्माण गर्ने योजना अनुरूप मिस यू निर्देशन गरेको एक बर्ष पश्चात थ्री लभर्स निर्माणमा हात हालेका हुन । मिस यू आउदो फागुन महिनामा रिलिज हुदैछ ।