मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महानायकले कपाल नपाल्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/12/01

एक समय युवा वर्गमाझ महानायक राजेश हमालको जस्तो लामो कपाल पाल्ने फेसन निकै चर्चित थियो तर  २२ बर्षदेखि लामो कपालले आफ्नो छुट्टै पहिचान बनाउदै आएका उनका ती फ्यानहरू समक्ष आज हामी नयाँ खबर सार्बजनिक  गर्दैछौ ।  

 

पछिल्लो समय केही चलचित्रमा छोटो कपालमा देखिएका पचास बर्षे महानायकलाई युवा जस्तो देखिएको भन्दै कपाल काट्न चौतर्फी दवाव एवं अनुरोध आएपछी राजेशले आगामी दिनमा कपाल कहिल्लै नपाल्ने निधो गरेका हुन्  । सिनेमाका लागि लामो कपाल चाहिको खण्डमा त्यसको ब्यवस्थाको कामलाई पनि उनले सहयोगी चिरञ्जीवी आचार्य मार्फत अगाडी बढाएका छन् ।

 
 
नक्कली  कपालका लागि कोटेश्वरमा रहेको के. ३३ हेयर होटलमा अठार हजारको विल समेत काटिसकेको चिरञ्जीवीले फिल्मीखबरलाई जानकारी दिए । उनले भने,   'पछिल्ला दुई चलचित्र 'दुलही' र 'फर्कि आऊ' मा दादा हृयाण्डसम देखिएपछी र पब्लिक, आफन्तहरूबाट सदाका लागि कपाल छोट्याउन सुझाव आएपछी उहाँले कपाल नपाल्ने निधो गर्नु भएको हो ।'
 
 
चिरञ्जीवीका अनुसार महानायकले कन्टिन्यूटिमा रहेका फिल्मको छायाकंन सकिए लगत्तै कपाल छोट्याउनेछन् ।  एक बर्ष अघि चलचित्र 'फर्कि आऊ' मा उनी डिएसपीको भूमिकामा प्रस्तुत हुने भएपछी निर्देशक ओम प्रतिकले उनको लामो कपाललाई छोट्याएर अभिनय गराएका थिए जस अनुरूप छोटो कपालले आफू अझै खुलेको भन्दै महानायकले सदाका लागि कपाल नपाल्ने निर्णय गरेका हुन्  ।