आफू सहित चल्तिमा रहेका नौ जना हिरोहरूलाई एक साथ अभिनय गराउने योजना अनुरूप ग्याङस्टार चलचित्र निर्माणका लागि प्रि प्रोडक्सनमा ब्यस्त रहेका रोज राणालले फिल्मी खबरसंगको भेटमा निर्देशक ऋषि न्यौपाने प्रति केही अषन्तुष्टीका भावनाहरू ब्यक्त गरिरहेका थिए ।
सिधा हिसावले उनले आफ्ना निर्देशक प्रति झटारो भने हानेका थिएनन । तर पनि उनी भन्दै थिए, 'हेर्नुस यो फिल्म अब आफै निर्देशन गर्नु पर्ला जस्तो छ ।' जसबाट पुष्टी हुन्छ कि निर्देशक न्यौपानेसंग केही कुरामा असन्तुष्ट छन् उनी । न्यौपानेले यसअघि रोजको तीनवटा चलचित्र निर्देशन गरिसकेका छन् ।
करिब एक बर्षअघि तीन मुद्धामा एक साथ अदालतबाट क्लिन चिट पाएपछी फिल्मी माहोलमा खुलेरै घुलमिल हुन थालेका राणाले माघको पहिलो सातादेखि फ्लोरमा जाने ग्याङस्टारलाई जेलबाट बाहिरिए लगत्तै आफैले निर्देशन गर्ने बताएका थिए तर केही महिना यता उनले सो चलचित्रको निर्देशन गर्ने जिम्मा ऋषिलाई सुम्पिएको भनी बताउदै आएका थिए र ग्याङस्टारको न्यूज सार्बजनिक गर्दा उनले निर्देशक ऋषिको नाम अगाडी लिने गर्थे । तर माहोल आहिले एकाएक परिवर्तन भएको छ ।
फिल्मका लागि फाईनल गरिएका मल्टी स्टारहरूको सेडुल नमिलेकाले डेढ महिना सुटिङ पोष्टपोण्ड भएको उनको अपकमिङ चलचित्रबाट निर्देशकीय अनुभव लिने भएपछी रोजले चलचित्रलाई न्याय नहुने भन्दै आफू अभिनय नगर्ने बताउछन् । निर्देशन तर्फ हौसिएका राणा भन्छन्, '६ वटा चलचित्र बनाईसकेकाले मलाई पनि निर्देशन सम्बन्धी ज्ञान छ त्यसैले रिजल्ट पनि राम्रै दिनेछु भन्ने विश्वास छ । '
ग्याङस्टारका लागि राजले राजेश हमाल, सुमन सिहं, जिवन लुइटेल, मुकेश आचार्य, बालनरसिहँ राणालाई फाईनल गरिसकेका छन् भने अन्य चार हिरोहरू अनुबन्धीत गर्ने कसरतमा छन् उनी । यस्तै आफ्नो सातौ फिल्ममा निर्देशक ऋषिलाइ अटाउन नसकेपनि नैतिकताको हिसाबले उनको पारिश्रमिक आफुले दिने रोज बताउछन् र ग्याङस्टार पछिको प्रोजेक्ट ऋषिलाई नै दिने उनको भनाइ छ ।