करिब तेह्र वर्षअघि टिभी सिरियल'चेतना'मा बाल कलाकारको अभिनय गरी कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हेटौंडाकी नीता ढुंगाना अहिले विकाउ नायिकाको रूपमा चिनिन्छिन् ।
सिरियल 'चेताना'मा खेलेको दुई वर्षपछि ९ बर्षको उमेरमा ठुलो पर्दाको चलचित्र 'मितिनी' र एघार बर्षमा अजम्बरी नातामा पनि बालकलाकारको भूमिका निभएकी नीताले स्वर्गीय दीपक रायमाझीको चलचित्र 'चाडै आऊ' बाट नवनायिकाको रूपमा प्रवेश पाइन् । त्यसपछि क्रमशः ८/९ वटा चलचित्रहरूमा अभिनय गरिसकेकी हेटौडाकी यी नायिकाले अभिनय गरेको प्रदीप उदयको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' ले मोफसलमा रेकर्ड तोड्यो ।
'हाम्रो माया जुनीजुनीलाई' चलचित्रपछि प्रदर्शनमा आएको 'मसान' चलचित्रले पनि राम्रै प्रतिक्रिया पायो । नीर शाहको चलचित्र मसानपछि हाल फुर्सदिली देखिएकी नीता भने जस्तो चलचित्र नपाएका कारण केही महिना यता केहि फुर्सदिली छिन् तर म्यूजिक भिडियोमा पनि राम्रो रेष्पोन्स पाएकी उनि उनि पूर्ण रुपमा फुर्सदाली भने छैनन् । उनी अझै पनि म्यूजिक भिडियोमा अभिनय गर्न ब्यस्त छिन् । र यहि ब्यस्तताको बीचमा नायिका नीता ढुङ्गानाको आगामी योजना के छ त ? उनकै शब्दमा ...
चलचित्र मसानको सुटिङ पछि मैले कुनै चलचित्रमा अभिनय गरेकी छैन । अभिनय नगर्नुमा चलचित्र नपाएको भने होइन । मैले भनेजस्तो स्त्रिmप्ट नपाएर अहिले चलचित्रमा अभिनय नगरेको हो । फिल्म खेल्नका लागि थुपै फिल्म मेकरहरूबाट अफर आईराछ तर मैले भनेजस्तो स्क्रिप्ट र आफ्नो भूमिका सुहाउने कथा नपाउदा ती चलचित्रहरूमा साइन गरिन । संख्यात्मक हिसाबले भन्ने हो भने अहिलेसम्म आधा दर्जनभन्दा बढी चलचित्रहरू छोडिसकेको छु । जुन नभन्दा पनि हुन्थो तर भन्नै पर्ने जस्तो पनि लाग्छ । किनकि कुनैमा भनेजस्तो स्क्रिप्ट पाइन, कसैमा म क्यारेक्टरमा सुट भइन त्यसैले आधा दर्जन जति चलचित्रहरूबाट अफर आएर पनि मैले रिजेक्ट गरिदिए ।
अहिले मलाई सुट हुने र मैले भने अनुसारको चलचित्रको प्रतिक्षामा छु । म चाहन्छु स्क्रिप्ट राम्रोसंग पढेर मात्र चलचित्र खेलौ जसले गर्दा मलाई पनि फाइदा होस् अनि दर्शकहरूलाई पनि मन परोस । खास गरी मैले चाहेको चलचित्र यस्तो होस् जुन चलचित्र कतैबाट कपी नगरिएको अझ त्यसमा आफ्नै मौलिक कथा भए काम गर्न निकी मज्जा आउथ्यो । किनकि मैले अहिलेसम्म अभिनय गरेका चलचित्रमध्ये केही चलचित्रबाट मैले नकारात्मक कमेन्ट पाइसकेकी छु । त्यसकारण पनि अब मैले चलचित्रको कथाबस्तु राम्रोसंग बुझेर खल्ने योजना बनाएकी छु ।
अहिले म केही म्यूजिक भिडियोहरूको सुटिमा ब्यस्त छु । चलचित्र मसानको सुटिङपछी मैले आलोक नेम्वाङ, दिपेन्द्र जिसी, अर्जुन अधिकारीले निर्देशन गरेको तीनवटा म्यूजिक भिडियोहरूमा काम गरिसेके । त्यस्तै आज विहीबार मात्रै आलोक नेम्वा·कै अर्को म्यूजिक भिडियोको सुटिङ सके ।
सुटिङ बाहेक आजकाल म मम्मीको सेवामा पनि खटिरहेको छु । मेरो मम्मी दमको बिरामी हुनुहुन्छ जाडोमा अलि बढी केयर गर्नुपर्ने भएकाले कभएकाले ममीलाई हेटौंडाबाट काठमाडू बलाएर उहाँको उपचार गरिरहेका छौ । साथमा बाबाले पनि मम्मीलाई केयर गरिदिने हुनाले अन्य काममा निस्कन पाउछु ।
यस्तै मेरा आगामी योजना भने ड्राईभिङ सिक्नु हो । आजकाल म बिहान बिहान आफ्नै अंकलसंग एयरपोर्ट पछाडीको खाली रोडमा ड्राभिङ सिकीराछु । साथै अलिबढी पातली भएका कारणले आजकाल मैले आफ्नो फिगर मेन्टेन पनि गरिरहेको छु । त्यसको लागि स्वीमिङ पनि सिकिरहेको छु । जसकारण अगामी मेरा चलचित्रमा दर्शकहरूले मलाई भिन्न रूपमा देख्नपाउनु हुने छ । र मेरो अर्को महत्व पूर्ण योजना भनेको क्वालिटी मेन्टेन गर्नु पनि हो र एक बर्षमा बढीमा दुई वटा चलचित्रमा मात्र खेल्ने छु र यो कुरा यहि बर्ष देखी लागू पनि गर्दैछु ।