मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विनितालाई डविङ गर्न नदिने / दुई वटा फिल्मबाट उनी आउट

अनुप भट्टराई, काठमाण्डौ, 2011/12/02

टपलेस फोटो स्क्याण्डलबाट विवादमा परेकी नवनायिका विनिता बराललाई चपली हाइटका प्रोड्यूसरले डविङ गर्न नदिने निर्णय गरेका छन् । 

 

शुक्रबार बिहान फिल्मीखबरसंग कुरा गर्दै निर्माता अर्जुन कुमारले फोटो विवाद झिकेर नकारात्मक प्रचार गरेको अरोप लगाउदै विनितसंग ब्यावसायिक रिलेसन समाप्त भएको भन्दै उनलाई डविङ गर्न नदिने निर्णय गरेका हुन् । उनले भने, 'विवादित फोटो समेत जलाईसकेको छु त्यसैले चपली हाइटसंग  विनिताको अब कुनै सम्बन्ध छैन ।'  
 
यस्तै विनितालाई आफ्ना दुई प्रोजेक्ट काठमाण्डू नाइट  र रिलोडेड मिसन पैसामा लिने कुरा पनि अब अन्त्य भएको अर्जुनको  भनाई छ । अर्जुनले माधव वाग्ले र नरेन्द्र  महर्जनसंग मिलेर रिलोडेड मिसन पैसाको सुटिङ सुरू गर्दैछन् यस्तै  काठमाण्डू नाइट पनि उनको लगानीमा बन्न लागेको हो । जसलाई चपली हाइटका निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । तर डविमा बिनितालाई नबोलाउने विषयमा दिपेन्द्रले फोटो स्क्याण्डल काण्डमा आफू कुइरो भित्र हराएको काग सरह भएको भन्दै केही कुरा थाहा नभएको  प्रतिक्रया दिए । 

 
कृषा चौलागाईको चलचित्र  के म तिम्रो  साथी बन्न सक्छुमा  एग्रीमेन्ट गरेपछी सो फिल्मबाट  निकालिए लगत्तै विनितालाई अर्जुन कुमारले चपली हाइटमा लिएका थिए । तर पोष्टरमा राख्ने गरी खिचिएको अर्धनग्न फोटो सहमति बेगर प्रोड्यूसरले लिक गरिदिएको भन्दै विनिताले प्रेस मिट गर्दै  फोटो लिक गर्ने अर्जुनकुमार भएको आरोप लगाएकी थिईन् । जुन आरोपका कारण विनिता र अर्जुन कुमारको मनमुटाव तीब्र भएको हो ।
 
यस्तै फोटो लिकको बिषयमा अर्जुनले त्यो फोटो सुरूमा फोटोग्राफर राजिव श्रेष्ठले र्सार्वजनिक गरिदिएपछी मात्र आफूलाई थाहा भएको भन्दै आफ्नो तर्फबाट गल्ती नभएको बताएका छन् । उनले भने, 'फोटोग्राफरले मिडियामा दिईसकेपछी मैले रोक्ने कुरा भएन र त्यो सम्भव पनि थिएन त्यसैले घटनालाई साम्य पारौ भन्दै थिए तर विनितले उल्टै कुरा बुझिनन् र प्रेस मिट गरिन् जुन उनको गम्भीर गल्ती थियो ।'  यस्तै प्रेस मिटमा उपस्थित नभएका अर्जुन कुमारले सो प्रेस मिटको खर्च ब्यहोरेको पनि रहष्य खुलेको छ । प्रेसमिटका लागि अर्जुनले १२ हजार २ सय रूपैयाको चेक बेरिज बैङकेटका सञ्चालक निर्मल शर्मालाई दिएका थिए ।  


डविका लागि प्रेस मिट भएको अघिल्लो दिन निर्देशक खनालले नक्सालको एक स्टूडियो बुक गरेका थिए तर प्रेस मिटपछी टपलेस फोटो काण्डले तिब्ररूप लिदा  उनले डविङलाई स्थगित गरिदिए  ।  आफूलाई डवि गर्न नदिने बारेमा बिनिताले केही थाहा नभएको र फिल्म यूनिटले खबर पनि नगरेको बताएकी छिन् । उनले भनिन्, 'स्क्याण्डल हुन अघि मैले नै डविङ  गर्ने कुरा थियो तर यत्रो दिन वितिसक्दा पनि उहाँहरूले खबर गर्नु भएको छैन ।'
 
एग्रीमेन्ट अनुसार डविङ बाहेकको ७५ प्रतिशत रकम विनिताले लिईसकेकी छिन् । त्यसैगरी अर्जुन कुमारको आगामी प्रोजेक्ट काठमाण्डू नाइटमामा आफूलाई अफर आएता पनि सो फिल्ममा  खेल्ने वा नखेल्ने भन्ने बारे यसै भन्न नसक्ने उनले बताईन् ।