मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रस्ताव आए डेष्टीनेशन काठमाण्डूलाई महानायकले निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/12/04

आफूलाई रजतपटमा उभ्याउन मामा दीपक रायमाझीले लगाएको ऋण तिर्न महानायक राजेश हमालले रायमाझीद्धारा निर्देशित अन्तिम चलचित्र डेष्टीनेशन काठमाण्डूलाई आफूले निर्देशन गरी पुरा गर्ने संकेत देखाएका छन् । 

 

८० प्रतिशत छायाकंन सकिएको डेष्टीनेशन काठमाण्डूको बाकी छायाकंन विदेशी भूमिममा गर्ने योजना बुनिरहेका बेला रायमाझीको गत कात्तिक २ गते असामायिक निधन भएपछी सो फिल्म पूरा होला वा नहोला भन्ने चर्चा  चलिरहेका बेला  महानायकले मामाको सो फिल्म पूरा गर्ने सपना  आफूले पुरा गरिदिने बताएका हुन ।

 
रायमाझीको ४५ औँ पुण्य तिथिका अबसरमा शुक्रबार निर्देशक समाजको कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्न आएका हमालले फिल्मीखबरसंग कुरा गर्दै भने, 'मामा त्यो फिल्म प्रति निकै उत्साहित हुनुहुन्थ्यो त्यसैले सो फिल्म हामी मिलेर पुरा गर्छौं  । बरू प्रस्ताव गरिन्छ भने म आफैले पनि बाकी फिल्म निर्देशन गरिदिन्छु । ' 
 

२०११ भित्र आफ्नै प्रोडक्सनमा फिल्म निर्देशन गर्ने कुरालाई केही बर्ष पोष्पोण्ड गरेका हमालले भावुक मुद्रामा त्यसो भनेका हुन वा मन देखिनै त्यो भने अगामी दिनमा थाहाँ हुन्छ तर डेष्टीनेशन काठमाण्डूका प्रोड्यूसर शरद अधिकारीले महानायकको प्रस्ताव स्वीकार योग्य रहेको प्रतिक्रिया दिए ।
 
डेष्टीनेशन काठमाण्डूको छायाकन रोकेर हाल नयाँ चलचित्र ब्ल्याकमेल सुटिङ्क अन्तिम चरणमा पोखरामा रहेका अधिकारीले भने, 'मामाको फिल्म पूरा गर्न महानायक नै इन्ट्रेष्ट हुनुहुन्छ  हाम्रा लागि त्यो नै ठूलो कुरा भयो र हामीलाई अप्ठयारो छैन । तर यस बारेमा आधिकारिक रूपमा काठमाण्डू आएपछी मात्र  रायमाझीको परिवार, हमालजी  मेरो  टिमको त्रिपक्ष छलफलले अन्तिम निष्कर्ष निकाल्ने छ ।'