निर्माणमा गायक अर्जुन कुमार, निर्देशनमा दीपेन्द्र के. खनाल र नायिकामा अनु शाहको पहिलो चलचित्र 'द युग देखि युग सम्म ' राजधानीमा रिलिज हुने भएको छ ।
दुई वर्ष अघि राजधानी बाहिर प्रदर्शन भैसकेको उक्त चलचित्र आउँदो पुस १ गते देखि राजधानीका १६ वटा थिएटरहरूमा प्रदर्शन हुने निर्माता अर्जुन कुमारले जानकारी दिए । उपत्यका बाहिर औषत ब्यापार गरेको उक्त चलचित्रले राजधानीमा राम्रो कलेक्सन गर्ने निर्माता कुमारको विश्वास छ । उनले भने, 'आजकल फिल्मको विजनेस त खासै छैन त्यही पनि भिन्न कथा बोकेको मेरो फिल्मले राम्रो प्रतिक्रिया पाउने छ ।'
२२ बर्षअघि महानायक राजेश हमाल डेब्यू फिल्म युग देखि युग सम्मलाइ नेपाली चलचित्र उधोगको कोसेढुंगा भने अनुरूप दुई दशक पछीको उस्तै नाम गरेको 'द युग देखि युग सम्म' मा दाजु बहिनीको पृथक कहानी समेटिएको छ । केही अवार्डहरूमा समेत सहभागी भैसकेको उक्त चलचित्रमा कथा भिन्न प्रकृतिको रहेको भनी समिक्षकहरूले आफ्ना लेखहरूमा समेत अटाएका थिए ।
'द युग देखि युग सम्म' मा पनि महानायक राजेश हमाल नै मुख्य भूमिकामा छन् । दुई दशकको अभिनय यात्रामा कहिल्लै गेटअप परिवर्तन गर्न नसकेका हमाललाई यसै चलचित्रमा निर्देशक खनालले पहिलो पटक नयाँ लुक्समा उतार्न सफल हुदा चलचित्र निर्माणको क्रममा महानायकको नयाँ लुक्सको खबर ट्याबलेट र म्याग्जिनहरूमा कभर पेज भएर छापिएका थिए । चलचित्रमा नन्दिता केसी पनि मुख्य भूमिकामा छिन् । चलचित्रमा राजेश र नन्दिताको लिप किस सिन पनि समेटिएको छ ।
स्वर्गीय निर्देशक दीपक रायमाझीको हातबाट मुहुर्त गरी छायाकंन सुरू गरिएको उक्त चलचित्र रायमाझीको ४५ औँ पुण्य तिथिका अबसरमा रिलिज डेट मिल्नु आफ्ना लागि आशिर्वाद सरह रहेको निर्माताको भनाई छ । स्वर्गीय रायमाझीको गत शुक्रबार ४५ औ पुण्य तिथि परेको थियो । उनले नै निर्देशन गरेको चलचित्र युग देखि युग सम्म निर्माण भएको बीस बर्ष पश्चात नयाँ कथामा द युग देखि युग सम्म निर्माण भैई पुष १ गते देखि राजधानीका दर्शक माझ प्रदर्शनमा आउन लागेका हो ।