मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६ महिना हिड्दैनन् हरिबंश

फिल्मीखबर, काठमाण्डौ, 2011/12/05

गत बैशाखमा पत्नी वियोगमा परेका बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य तडकभडक हुने सार्वजनिक कार्यक्रममा आउदो ६ महिना सम्म सहभागी नहुने भएका छन् । 

 
 
गएको दशै देखि अलि बढी एकोहोरिन थालेका उनी सहकर्मी मदनकृष्ण श्रेष्ठसंग विभिन्न समारोहमा संगै हिड्न छाडेको हप्तौ भैसक्यो  । यसै प्रसङ्गमा एक समारोहमा मदनकृष्णलाई आजकाल एक्लै देखिनु हुन्छ नि किन भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने,  'हरिबंशले आउदो बैशाखसम्म पार्टीमा नहिड्ने मन गरेको छ त्यसैले म एक्लै भएको  हु ।'  
 
मदनकृष्णले त्यसो भने पनि समाजसेवा अर्न्तगतका कार्यक्रममा पनि हरिबंश हिड्न छाडिसकेका छन् । किनकी केही दिन अघि  विश्व एड्स दिवसको र्‍यालीमा मदनकृष्ण मात्र सहभागी थिए ।  श्रीमती मिराको अल्पआयुमै निधन भएपछी ठूलो शोकमा डुवेका  हरिबंश उनको याद मेटाउन गत दशैमा विभिन्न ग्रमिण भेगमा मन बहलाउन निस्किएका  थिए ।   त्यसपश्चात उनी सार्वजनिक  कार्यक्रममा देखिएका छैनन् ।
 
 
पत्नीको यादले बुढानिलकण्ठको घर समेत बेची हाल  भक्तपुरमा सरेका उनी विज्ञापन तथा महसञ्चार अर्न्तगत काममा पनि पहिले जस्तो सक्रिय नभएको बुझिएको छ । उनी मिडियाको सम्पर्कमा पनि आउन चाहेका छैनन् ।