'कस्लाई दिऊँ यो जोवन' बाट चलचित्र निर्माणमा हात हालेका निर्माता कृष्ण श्रेष्ठले फेरी अर्को चलचित्र निर्माण गर्ने भएका छन् । उनको निर्माणमा वन्न लागेको चलचित्र ‘शान’ को सोमबार बुटवलमा शुभ मुहुर्त गरियो ।
विशेषगरी राजधानीबाटै शुभ मुहुर्त गरिंदै आएको अवस्थामा कृष्णले भने मोफसलको राजधानी भनेर चिनिने बुटवलको कालिकानगर स्थित शिव मन्दिरमा शुभ मुहुर्त गरे । बुटवल उधोग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता भएको एक कार्यक्रममा निर्माता श्रेष्ठले नरिवल फुटाएर मुहुर्त गरे । मुहुर्त कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले चलचित्र राष्ट्रियता झल्काउने खालको सुहाउदो खालको हुनुपर्नै बताए ।
चलचित्रको पौष सात गते देखि काठमाण्डौबाट छांयाकन सुरु गरिदैछ । चलचित्रको निर्देशन रामजी लामीछानेले गर्दैछन् । लामीछानेको यो नवौं चलचित्र हुनेछ । उनले यस अघि विदाई, राज्य, घातक, प्रेमिका, पहिलो माया हो मेरो, कोही त छ लगायतका आठ वटा चलचित्रको निर्देशन गरिसकेका छन् ।
चलचित्रमा धिरेन शाक्य, सुमन सिंह, जय किशन वस्नेत, कुशल थापा, झरना थापा, अनुष्का शर्मा, शुसिल पोख्रेल, केदार पराजुली लगायतका कलाकारहरुले अभिनय गर्दैछन् । अनुष्का शर्माले यसै चलचित्रबाट चलचित्रमा डेव्यू गर्दैछिन् । करिव ५० लाखको लगानीमा चलचित्र निर्माण गर्न लागिएको निर्माता कृष्णले बताए । चलचित्रमा निर्देशक मनिष पन्थलाई विशेष सहयोगीको रुपमा राखिएको छ ।